जिल्ला अस्पताल ताप्लेजुङकाे प्रसूति कक्षमा मध्यराति भालु छिरेपछि…

ताप्लेजुङ,ताप्लेजुङको जिल्ला अस्पतालको प्रसूति कक्षमा भित्र भालु पसेको छ । गए राति अस्पतालको उपचारकक्ष भित्र भालु पसेको अस्पतालले जानकारी दिएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको हो।

बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिएका छन् । अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको उन्ला बताएका छन् ।

सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ । उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ । उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जथाभावी नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले जानकारी दिनुभयो ।

संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ । चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ ।धेरै वर्ष पछि अचानक भेटिए करिना र काजोल, गरे यस्ता पारिवारिक कुरा (भिडियो हेर्नुस्)

एजेन्सी, करीना कपुर खान र काजोल बलिउडका उत्कृष्ट अनस्क्रिन बहिनीहरूमध्ये एक हुन्। उनीहरुको अनस्क्रिन केमेस्ट्री जति राम्रो छ, उनीहरुको मित्रता अफस्क्रिन पनि छ । अहिले करीना र काजोलको एक भिडियो सार्वजनिक भएको छ, जसमा दुवै अभिनेत्रीको रियुनियन देखिएको छ । करिना र काजोलको भेट मुम्बईको मेहबूब स्टुडियो बाहिर भएको थियो ।

प्रतिक्रिया दिनुहोस