पल प्रकरणमा बोलिन रियाशा, कठोर हुँदै दीईन दनक

काठमाडौं, अभिनेता पल शाह प्रकरणमा मौन रहेका सेलिब्रेटी बिस्तारै बोल्न थालेका छन्। यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।

पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन् । युट्युबका धेरै सामग्रीमा पीडितको नाम, फोटो र भिडियो प्रयोग गरि रहेका छन । प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र हत्या गर्ने प्रवृत्ति हाबी भएको छ, यसरी पीडितको नाम लिएर चरित्रहत्या गर्ने प्रयास गर्नेलाई एक वर्ष कैद, ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट कानुनी व्यवस्था छ ।

सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् ।

सेलिब्रेटीका धारणा सार्वजनिक हुने क्रममाअभिनेत्री तथा मोडल रियासा दाहाले पनि आफ्नो धारणा सामाजिक सञ्जालमा राखेकी छिन्। अभिनेता पल शाह यतिबेला तनहुँ प्रहरीको हिरासतमा छन्। नाबालिग गायिकाले ज’ब’रज’स्ती क’र’णीको जाहेरी दिएपछि उनी पक्राउ परेका थिए। पल शाह पक्राउ परेसँगै कला क्षेत्र तातिएको थियो र अहिले पनि तातिइ नै रहेको छ।

विभिन्न कलकारदेखि राजनीतिक व्यक्तिहरुले पनि आफ्नो धारणा दिइरहेका छन्। कला क्षेत्रसँगै नागरिक समाज पनि विभाजित भएको छ। सामाजिक सञ्जालमा तर्क वितर्क भइरहेका छन्। यसैबीच अभिनेत्री तथा मोडल रियासा दाहाले पनि आफ्नो धारणा राखेकी छिन् । उनले पीडित पक्षलाई हौसला दिन जरुरी रहेको बताएकी छिन् । फेसबुकमार्फत उनले सामाजिक सञ्जालमा न्यायाधीश भएर आरोप प्रत्यारोप गर्न नहुने आशय व्यक्त गरेकी छिन् ।

‘अहिले भइ राखेको घटनामा कानुनी प्रक्रियामा पुगिसकेको सर्बबिदितै छ , कानुनी रुपमा पुगे पछि हामी सामाजिक संजालमा न्यायाधीश भएर एक अर्कालाई आरोप प्रत्यारोप भन्दापनि पीडित पक्षलाई अझै मजबुत हुनु को साथै जस्तो सुकै परिस्थिति पनि सामना गर्न हौसला दिनु जरुरी छ,’ उनले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस