फिनल्याण्ड प्रधानमन्त्रीको घोषणाले आत्तियो रूस: दिइन् हमलाको धम्की, जान्नुस् किन डराए पुटिन

काठमाडौं,गएको तीन दिनदेखि निरन्तर युक्रेनमा बम वर्षा गरिरहेको रुसले अब युरोपको सानो देश फिनल्याण्डलाई सैन्य कारबाही गर्ने धम्की दिएको छ ।रुसले फिनल्याण्ड नेटोमा सामेल भए नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको हो ।रुसका अनुसार यसमा सैन्य र राजनीतिक गतिविधि पनि समावेश छन् । रुसको विदेश मन्त्रालयले उत्तरी युरोपको सुरक्षाका लागि फिनल्याण्डको असंलग्नताप्रतिको प्रतिबद्धतालाई महत्वपूर्ण कारकका रूपमा लिएको बताएको छ ।

यसअघि फिनल्यान्डकी प्रधानमन्त्रीले आफ्नो राष्ट्रिय हितमा खतरा भए आफूले नेटो सदस्यताका लागि आवेदन दिने धम्की दिएकी थिइन् ।फिनल्याण्डकी प्रधानमन्त्री साना मारिनले देशको संसदमा बोल्दै भनिन्, ‘राष्ट्रिय सुरक्षाको मुद्दा बढेमा फिनल्याण्ड नेटोको सदस्यताका लागि आवेदन दिन तयार छ ।’युक्रेनमा रुसको कारवाहीले फिनल्याण्ड नेटोमा सामेल हुनुपर्ने वा नगर्ने भन्ने बहस फेरि सुरु गरेको हो । रुस लामो समयदेखि निरन्तर युरोपमा नेटो विस्तारको कडा विरोध गरिरहेको छ ।

यसअघि फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीले आफूसँग जुनसुकै बेला नेटोमा सामेल हुने विकल्प रहेको बताएका थिए । एक फरक सम्बोधनमा प्रधानमन्त्री मारिनले प्रत्येक देशलाई आफ्नो सुरक्षा नीति तय गर्ने अधिकार रहेको बताइन् । उनले भनेकी छिन्, ‘हामीले विगतबाट पाठ सिकेका छौं ।

हामी हाम्रो देशमा युद्ध हुन दिदैनौं ।’ फिनल्याण्डकी प्रधानमन्त्रीको यो घोषणाले रुस आक्रोशित भएको छ ।फिनल्याण्ड नेटोमा सामेल हुनु रसियाका लागि ठूलो झटका साबित हुन सक्छ । फिनल्याण्डको भौगोलिक स्थितिले रूसका विशेष बनाउँछ । नेटोसँग सम्झौता गर्न खोजेपछि रसियाले युक्रेनमा बमबारी गरिरहेको छ ।

नेटो युक्रेन हुँदै रुस नपुगे पनि फिनल्याण्ड हुँदै रुसको सीमासम्म पुग्न सक्छ । यति मात्र होइन, रुसले फिनल्याण्डलाई निशाना बनाएमा नेटोका अन्य देशहरू पनि सहयोगमा आउनेछन् ।अर्कोतर्फ फिनल्याण्डविरुद्ध रुसको बढ्दो खतरालाई मध्यनजर गर्दै फिनल्याण्डले अब आफ्नो तयारीलाई मजबुत बनाउनुपर्ने देखिन्छ ।रुसले फिनल्याण्डको ऊर्जा नीतिलाई पनि प्रभावित पार्ने प्रयास गरिरहेको छ । फिनल्याण्डले रूसमा ठूलो रणनीतिक लगानीबाट जोगिनु पर्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस