जनतालाई सेवा दिने ट्राफिक प्रहरीको सडकमै मृत्यु

चितवन, चितवनको भरतपुर महानगरपालिका–६ जयनेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठ’क्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

बिहीबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल पौडेलले चलाएका थिए ।

ट्रयाक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।
यस्तै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताए । “सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गरेका थिए”, तिवारीले भने, “त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम ग¥यो ।” मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए ।

आज भेटिएको यो सँगै चालु आर्थिक वर्ष २०७८÷७९ मा मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताए । यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आ’क्र’म’ण’बाट म’ ‘रेका हुन् भने दुई गैँडा चोरी शि’का’रीका कारण म’रेका तिवारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस