पल प्रकरणमा दुर्गेश र सम्राटले दिए प्रहरीलाई बयान, बाहिर चल्यो नाराबाजी

काठमाडौ, एक किशोरी गायिकालाई कर णी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पल शाहका बारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । पलले आइतवार प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए । पल शाह घटनामा उनकै साथी दुर्गेश थापा र अर्का सहकर्मी सम्राट चौलागाईले तनहुँ प्रहरीमा पुगेर वयान दिएका छन् ।

दुर्गेश र सम्राटले किशोरीको पक्षमा वयान दिएका हुन् । उनीहरुले पलसंग किशोरीको विवाह गराउने पहल गरेका थिए । त्यो पहल सफल नभएपछि घटना नयाँ मोड तर्फ पुगेको हो । सम्राट र दुर्गेश वयानका लागि प्रहरी कार्यालय पुग्दा पलका समर्थकले प्रहरी कार्यालय अगाडी नाराबाजी गरेका थिए ।

दुर्गेशले यस अघि पनि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफुहरु पीडित किशोरीको न्यायको पक्षमा रहेको बताएका थिए । उनले पलले किशोरीलाई अन्याय गरेको तर्क गरेका थिए । पलका समर्थकले नाराबाजी गरिहेका बेलामा उनीहरूले बयान दिएका हुन् । प्रहरीले जिल्ला अदालत तनहुँबाट अनुमति लिई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस