पलविरुद्ध प्रहरीले भेट्टायो बलियो प्रमाण- पीडितको कन्याजाली च्यातिनुकासाथै नाबालिक भएको पुष्टि

आफूविरुद्ध पटकपटक प्रेमको लोभमा जबरजस्ती करणी गरेको भन्दै गायिकाले उजुरी दिएपछि पल शाहविरुद्ध प्रमाण जुटाउन थालेको प्रहरीले अहिलेसम्म पलविरुद्ध २ वटा प्रमाणहरु जुटाइसकेको दाबी गरेको छ ।

प्रहरीले जुटाएको प्रमाणहरू मध्ये पीडित बालिका नाबालिग रहेको अनुसन्धानमा खुल्न आएको स्रोतको दाबी छ । पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेपछि पीडित नाबालिक रहेको पुष्टि भएको छ। जन्ममिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ ।

घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्मदर्ता नै हो। जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ।

यस्तै, उजुरीपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण पनि गरेको थियो। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेको छ ।

प्रहरीका अनुसारयी दुवै प्रमाण आरोपीविरुद्ध बलिया रहेका छन् । पीडितको मद्दा हेरेकी अधिवक्ताले पनि पलविरुद्ध बलियो प्रमाण फेला परेको पुष्टि गरेकी छन् ।

पीडित बालिकाले उजुरी दिएको ५ दिनपछि पक्राउ परेका शाहलाई अहिले प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ। अदालतको अनुमतिपछि शाह अहिले ६ दिनदेखि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस