पललाई मेनुका थापाको यो खुल्लापत्र, जसले जो कोहीलाई भावुक बनाउँछ

मेनुका थापा:

प्रिय ‘पल’ भाइ नमस्कार ! सर्वप्रथम त फागुन १३ गतेदेखि रिलिज भएको तपाईंद्वारा अभिनीत चलचित्र– म यस्तो गीत गाउँछु –२ हेर्ने अवसर मिल्यो । निर्देशक सुदर्शन थापाजीले दिनुभएको भूमिकालाई पूरा न्याय गर्नुभएको रहेछ ।

उत्कृष्ट अभिनयका लागि तपाईंलाई बधाई र धन्यवाद छ । तपाईंको अभिनयको म हिजो पनि ‘फ्यान’ थिएँ, आज पनि छु र राम्रो कार्यको सधैँ प्रशंसा गरि नै रहनेछु ।

भाइ, तपाईंलाई थाहै छ, म मेनुका थापा विगत १८ वर्षदेखि ‘बलात्का`र विरु`द्ध’ को अभियानमा छु । मेरो यही अभियानलाई हातेमालो गर्न केही वर्ष अगाडि तपाई, सुदर्शन थापा र पूजा शर्मालगायतको टोलीलाई म कार्यरत संस्था ‘रक्षा नेपाल’ मा स्वागत गर्न पाएका थियौँ ।

तपाईको अभिनयको म पहिलेदेखि ‘फ्यान’ थिएँ नै । त्यो दिन तपाईंले संस्थाको संरक्षणमा रहेका मुर्झाएका मनहरूमा भरिदिनुभएको साहस र गर्नुभएको प्रतिबद्धताप्रति नतमस्तक थिएँ ।

उक्त दिन हाम्रो संस्थाको संरक्षणमा रहनुभएका ‘ब`लात्का`रको शि`कार भई मानसिक र शारीरि`क रूपमा टुक्रिएका नानीहरूलाई सम्बोधन गर्दै तपाईंले भन्नुभएको थियो– ‘बहिनीहरू ! जीवनमा जे भयो, भैगयो, अब बाँकी जीवनमा तिमीहरूका लागि पल दादा छु ।

मेरो जीवन रहेसम्म म अन्याय, अत्याचार वि`रुद्धमा सधैँ तिमीहरूकै साथमा हुनेछु ! ब`लात्का`र त केटाबाट नै हुने हो, तर सबै केटालाई ब`लात्का`री नठान्नू । मेरो पनि तिमीहरूजस्तै भर्खरै फक्रिँदै गरेको फूल समान यौटी बहिनी छन् । तर, आजबाट मेरा सयौँ बहिनीहरू भए भन्ने ठानेको छु । यो दाजु`लाई आफ्नो माइतीका रूपमा स्वीकार्नू ।’

एउटा राष्ट्रिय छवि बनाएको व्यक्तित्व अनि सबैको प्रिय नायकले बोलेका ती प्रत्येक शब्दले गहिरो अर्थ बोकेका थिए । ‘आफ्नैबाट लु`टिएका स–साना ती निर्दोष नानीहरूलाई तपाइले ‘तिम्रो लागि पल दाइ छु’ भन्दा चम्किएको उनीहरूको अनुहार सम्झँदा मेरो मन आज पनि गदगद हुन्छ ।

किनकि ब`लात्का`रको शिकार भएका साना नानीहरूको मनभित्र ‘पुरुष भनेको हाम्रा दुश्मन हुन्’ भन्ने भावले गहिरो छाप परेको हुने रहेछ । वर्षौंदेखिको काउन्सिलिङ र थेरापीबाट निकाल्न नसकिएको ‘केटाहरुप्रतिको घृणाभावलाई तपाई जस्ता ‘आइडल’ को शब्दले मात्रै पनि ब`लात्कृ`त छोरीहरूलाई ‘हिल गर्न’ ठुलो मद्दत पुगेको मेरो अनुभव छ ।

पीडितको मनमा घृणाभाव रहिरह्यो भने उनलाई मानसिक समस्या|ले गाँज्दै लाने र पछि त्यही घृणाकै कारण उनीभित्र कि आफूलाई मा`र्ने कि त अरूलाई मा`र्ने गरी बदला`को भावना विकास हुँदै जानेरहेछ ।

यसरी बदलाको भावना झाँगिदै गयो भने कालान्तरमा समाजमा डर|लाग्दो हिंसाको जन्म हुन्छ र त्यो हामी सबैका लागि चुनौतिको बिषय हो भन्ने कुराको मनो`बैज्ञानिक विश्लेषण पश्चात हामीले हिं`सामा परेका छोरीहरूलाई नि`यमित रूपमा ‘उदाहरणीय पुरुष’ हरुसँग साक्षात्कार गराउने गरेका छौं । यसै सिलसिलामा हिं`सा पीडि`त प्रभावित छोरीहरूको तपाईसँग भेट भएको थियो र साँच्चै तपाई उनीहरूको ‘प्रिय दाइ’ पनि बनिरहनुभएको थियो ।

तपाईले बेलाबेलामा बहिनीहरुका बारेमा सोधखोज गरिरहनुहुन्थ्यो । मैले सघाउनुपर्ने केही छ कि भनी सोधिरहनु हुन्थ्यो । तर, यो लकडाउनपछि चाहिँ हाम्रो भेटघाट कुराकानी हुन सकेको थिएन । लकडाउनको समयमा प्रायजसो स्कुल-कलेज बन्द भएकाले हरेक दिन तपाई नयाँ नयाँ भिडियोमा छाइरहने, ती बहिनीहरू तपाईंलाई टेलि`भिजनको पर्दामा हेरेर ‘हाम्रो दाइ’ भनेर मख्ख परिरहने गर्थे ।

मैले पनि केही महिना यतादेखि सामाजिक सञ्जाल मिडियातिर तपाई र गायिका बहिनीका बारेमा भैरहेका टीका`टिप्पणी हेरिरहेकी थिएँ । मलाई त्यतिबेला यो कलाकारिताको रंगीन दुनियाँमा यस्ता ‘गसिप’ हरु आइरहन्छन्, गइरहन्छन् भन्ने लाग्थ्यो । तर, जब ती बहिनीले तपाईंबि`रुद्ध किटानी जाहेरी दर्ता गर्नुभयो भन्ने पढेँ – म स्तब्ध भएँ । हाम्रो संस्थामा रहेका छोरीहरूको आँ`शु थामिएको छैन ।

अस्ति भर्खरै मात्र ‘आफ्नै काकाको छोराबाट बलात्कृत भई हाम्रो संस्थाको दैलोमा आइपुगेकी दश वर्षिया छोरीले भनिन् – ‘सबै पुरुष उस्तै हुने रहेछन् ।’

प्रिय पल भाइ, यो घ`टनाले कानुनी बाटो समातिसकेको अवस्थामा हामीले अदाल`तको निर्णय कुर्नुबाहेक अर्को विकल्प छैन । म मात्रै हैन, तपाईका लाखौं फ्यान र फ्लोअर्सहरु अहिले घ`टनाले कुन मोड लिने हो भन्ने नै प`र्खाइमा छन् ।

अदा`लत हामी सबैको आशा र भरोसाको धरोहर हो । अदाल|तले जे निर्णय गर्छ, त्यो हामीले स्वीकार्नैपर्छ । र, तपाई आफैँले पनि यदि म दोषी भए नेपालको कानुनअनुसार स`जाय भोग्न तयार छु भनी प्रष्ट पारिसक्नु भएको छ ।

तर, भुलेर पनि आफूलाई नि`र्दोष साबित गर्न अरूलाई दोषी करार गर्नेतर्फ कहिले नलाग्नुहोला । किनकि तपाई सयौँ ‘बलात्कृ`त चेलीहरूको आदर्श दाजु’ हो । यदि आफ्नो गल्ती भएको रहेछ भने पश्चात्ताप नगरी आफूलाई निर्दोष साबित गर्न खोज्नुभयो भने निर्मला पन्तका ब`लात्का`री र तपाईमा के फरक भयो र भाइ ?

कानुनको आँखामा सबै नागरिक बराबरी भएका कारण तपाई र ती बहिनी दुबैले बराबरी न्याय पाउनुपर्छ । कि तपाईलाई थाहा होला, कि ती बहिनीलाई थाहा होला, तपाईंहरूका बीचको सम्बन्धका बारेमा । अरु त सबै यहाँ जुधाउने र बजाउने मात्रै हुन् । तसर्थ प्रिय भाइ ! सत्य जे हो, त्यो नडराइकन बोल्दिनुस् । जिम्मेवार नागरिक बनेर कानुनलाई सघाउनुस् ।

भगवानबाट त गल्ती हुन्छ भने मानिसबाट गल्ती हुनै नसक्ने होइन । यो कलियुगमा गल्ती नै नगर्ने कोही छैन । तर, गल्तीको प्रायश्चित गर्ने मानिसको खडेरी परेको अवस्थामा सबैको ‘रोल मोडल’ बन्ने अवसर पनि त हुन सक्छ यो घटना ।

जीवनमा स`मस्याबाट भाग्नु भनेको अर्को स`मस्यालाई जन्म दिनु हो रे । त्यसैले मेरो प्रिय भाइ, सधैँ ख्याल गर्नुस्, जति कठीन संघर्ष हुन्छ– त्यति नै जित शानदार हुन्छ । भिडले हौसला त दिन्छ, तर पहिचान गुमाइदिन्छ । यो कलाकारिताको क्षेत्रलाई तपाईंले गर्नुभएको संघर्ष, दुःख र योगदानको हामी सधैँ प्रशंसक हौँ, रहिरहनेछौँ ।

यो केशको निष्पक्ष छानबिन भएर परिणाम आएको दिन यदि कानुनले तपाईंलाई दोषी नै ठहराएछ भने पनि त्यसबाट नेपाली समाजले ठूलो पाठ सिक्नेछ । तपाईकै आमाको कोखबाट जन्मिएकी बहिनीलगायत हजारौँ बहिनीको हौसला बुलन्द हुनेछ त्योबेलामा । भविष्यमा आइपर्ने कठिन परिस्थितिमा आवाज उठाउन सक्ने हिम्मत मिल्नेछ उनीहरूलाई ।

यदि का`नुनले तपाईंलाई निर्दोष साबित गरिदियो भने पनि मनमा कुनै वैरभाव नराखीकन ती बहिनीको गिरेको आत्मबल उठाउन विशेष भूमिका खेल्नुहोला । किनकि उनी तपाईजस्तो संघर्षले खारिएकी, उमेरले परिपक्व व्यक्ति होइनन् । उनी ‘टीन एज’ मा छिन् । उनलाई मार्गनिर्देश गर्ने अभिभावकको खाँचो छ ।

विज्ञहरूले भन्ने गर्छन् – ‘यो उमेरमा भएका किशोर–किशोरीको मस्तिष्क पूर्णरुपमा विकसित भइसकेको हुँदैन । तसर्थ उनीहरूमा अपरिपक्व व्यवहार देखिइरहन्छ । स्वनिर्णय गर्न सक्ने क्षमता नभएकै कारण यो उमेरका भाइ–बहिनीहरू अरूको भरमा चल्ने गर्छन् । अरूको भरमा चल्दा अन्तत्वगोत्वा उनीहरूको जीवन बर्बाद हुन्छ ।

तसर्थ, तपाई–हामी युवा वा वयस्कहरूको सुन्दरता भनेको कमजोर अवस्थामा रहेकाहरूको मद्दत गर्नु पनि हो । अनि यो मानव चोला भनेको त प्यार, प्रेम, करुणा बाँड्नलाई हो । रिस, राग, घृणा फैलाउन होइन ।

अझ तपाई र ती बहिनी त कलाकारिता क्षेत्र नामक एउटै डुङ्गामा सवार व्यक्तित्व हुनुहुन्छ । ‘जुन गालामा थप्पड हाने पनि दुखाइ उस्तै हो भन्ने उखान जस्तै’ तपाईंहरू दुईमध्ये कानुनले जसलाई जिताए पनि कलाक्षेत्रको त लज्जास्पद हार नै हुनेछ ।

यसर्थ प्रिय भाइ ! अझै पनि केही बिग्रिए`को छैन । जीवनका धेरै सवालहरू कोसिस नगरी सल्टिँदैनन् । तर, अहिले तपाईंलाई लागेको यो आरोप चान`चुने आ`रोप होइन । यो संगीन आरोप`लाई खण्डन गरेर, तर्क गरेर, आरोप–प्रत्यारोप गरेर झन् झन् उल्झिन्छ भन्ने बुझी कानुनले जे भन्छ, म भोग्न तयार छु भनेर मन दह्रो पारी कानुनी प्रक्रि`यामा आउनुहोला ।

जीवनमा अवसर र चुनौती सँग`सँगै आउँछ रे । यो घटना तत्काललाई चुनौती लागे पनि यस`बाट सिक्न सकिने जीवन दर्शनहरू थुप्रै हुन सक्छन् । एकपटक त्यतातिर पनि सोचेर लाखौंको ढुक`ढुकी ‘पल शाह’लाई करोडौँको ढुक`ढुकी बन्न सक्ने उत्प्रेरणा मिलोस् । – रातोपाटी

प्रतिक्रिया दिनुहोस