बैंकमा भएको पैसा मोबाइल बाट ट्रान्सफर गरेर अरुको खातामा पठाउने गर्नु भाको छ ?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाइ गरेको छ ।बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइने छ । यसअघि यो सीमा १ लाख रुपैयाँ थियो ।

बैंकले भनेको छ, ’बिप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेन्ट वा सव- रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कोरोबार, प्रति दिन अधिकतम १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा उक्त सीमालाई फागुन १८ गतेदेखि लागू हुने गरी अधिकतम २५ हजार रुपैयाँ कायम गरिएको छ ।’

तर, विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी)लाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत राखिएको छ ।

केन्द्रीय बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस