हामीलाई दुइ-तिहाइ बहुमत दिनुस् खाडिका लाखौ युवालाई स्वदेशमै रोजगार दिन्छौ : गगन थापा

काठमाडाैँ, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले अब नयाँ उर्जाका साथ काम गर्ने बताएका छन्। गुट र समूहको अन्त्य गरी पार्टीलाई नयाँ उर्जाका साथ अगाडि बढाउन आफू कम्मर कसेर लाग्ने उनले बताए। उनले पार्टी भित्रका गुट र भागबण्डाको अन्त्य गर्दै ।

बिधान सम्मत ढंगले पार्टीलाई चलाउने प्रतिबद्धता व्यक्त गरे।नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आयोजना गरेको वृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई अर्घाखाँचीको दुर्गाफाँटमा सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसले रोजगारीका माध्यबाट गरिबीमा रहेको वर्गलाई कसरी ।

उकास्ने तथा बेराजगारीलाई कसरी कम गर्ने भन्ने दिशामा अगाडी बढ्ने बताए। ‘कांग्रेस पार्टी अब अलमलिने होईन। खाडीमा गएका युवाहरुलाई रोजगारी सृजना गर्नेमा लाग्ने हो, उनले भने,‘कांग्रेसको अबको रणनीति, ध्येय त्यही हुनेछ।’महामन्त्रीमा निवार्चित भएपछि उपत्यका बाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले स्थानीयतहको निर्वाचन बैशाखमा हुने तथा प्रदेश र संघको निर्वाचन मंसीरमै हुने भएकाले निर्वाचनको तयारीमा लाग्न कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

यसरी बन्दैछन् वैशाख ३० गतेपछि प्रचण्ड प्रधानमन्त्री !
आगामी वैशाखको ३० गते स्थानीय तहको निर्वाचन तोकिएका बेला दलहरु महत्वकांक्षी बनेका छन् । सत्तरुढ गठबन्धनका दलहरु आफ्नो अनुकुल अवस्था सिर्जनाका लागि लागिपरेका छन् ।पछिल्लो समय नेपालमा बहसको बिषय बनेको अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको छ ।

यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेको खुलासा भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारनिकट स्रोतले बताएअनुसार प्रचण्डले स्थानीय निर्वाचनपछि आफू प्रधानमन्त्री बनेदेखि एमसीसी पास गर्न सघाउने वाचा गरेका थिए ।

‘स्थानीय चुनावको मिति तोकिएको र एमसीसीलाई संसदमा टेबुल गर्न लागेको विषयलाई लिएर प्रचण्डले राजनीति गर्न खोज्नुभयो,’ बालुवाटार उच्च स्रोतले भन्यो, ‘आफू प्रधानमन्त्री भए एमसीसीपास गर्न सहयोग गर्ने प्रचण्डको प्रस्ताव थियो । प्रधानमन्त्री देउवाले त्यसलाई स्वीकार गर्नुभएको छैन ।’

स्थानीय निर्वाचनपछि हुने संघीय चुनाव आफूले गराउन पाउनुपर्ने भन्दै केही दिनअघि बालुवाटारमा भएको छलफलमा प्रचण्डले शर्त तेर्स्याएका थिए । त्यही विषयलाई लिएर देउवा(प्रचण्डबीच नोकझोँक समेत भएको स्रोतको दाबी छ ।

यसबारे नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसमेत जानकार छन् । उनले एमसीसी पास गर्नैपर्ने भएदेखि देउवाको होइन प्रचण्डकै नेतृत्वमा बनेको सरकारले गरे राम्रो हुने सुझाव प्रचण्डलाई दिएको चर्चा चलेको छ ।प्रचण्डनिवास खुमलटार स्रोतले भने प्रधानमन्त्री हुनुपर्ने माग प्रचण्डको नरहेको दाबी गरेको छ । ‘सत्ता गठबन्धनलाई तोड्ने हिसाबले यस्ता प्रचार भएका हुन्,’ सचिवालयका एक सदस्यले भने, ‘एमसीसी संशोधनबिना पास हुन सक्दैन भनेर लिएको अडानलाई कमजोर पार्ने गरी यस्तो कुरा बाहिर ल्याइएको हो ।’

केही दिनअघि एमसीसी मुख्यालयलाई लेखिएको एक पत्र सार्वजनिक भएको थियो । एमसीसी पास गर्ने प्रतिबद्धता व्यक्त गरिएको उक्त पत्रमा देउवा र प्रचण्डको संयुक्त हस्ताक्षर थियो । उक्त पत्र बालुवाटारबाटै सार्वजनिक भएको भन्दै केही सञ्चारमाध्यमहरूले समाचार लेखिसकेका छन् ।

प्रचण्डले प्रधानमन्त्री मागेपछि रुष्ट भएका देउवाले पत्र सार्वजनिक गर्न लगाएको हुन सक्ने आंकलन राजनीतिक वृत्तमा गरिएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने कसैले गरेको छैन । प्रचण्डको रणनीति आफू प्रधानमन्त्री बन्न्ने रहेको पनि यस तथ्यबाट आँकलन हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस