रिमा विश्वकर्मा भन्छिन् – जे गर्छ कानुनले गर्छ, सबैले कानुनको सम्मान गरौ !

काठमाडौं –यतिबेला फिल्म क्षेत्र अर्को प्रकरणले रुमलिएको छ । तर, यसपटकको घटना सं’वेदन’शी’ल छ । एक नाबालिग गायिकाले अभिनेता पल शाहमाथि लगाएको आरोपमा उजुरी दिएपछि पल प्रहरी हिरासतमा छन् । तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले प्रहरीले घटनाको गहिराइमा गएर अनुसन्धान गरिरहेको छ ।

क’रणीको अभियोगमा प्रहरीको हि’रासतमा रहेका अभिनेता पल शाह प्रकरणले सामाजिक सञ्जाल मात्र नभएर मनोरन्जन क्षेत्रपनि तातिएको छ । कलाकारहरुले सामाजिक सञ्जालमार्फत आफ्नो विचार पोखिरहेका छन् । त्यस्तै आज अभिनेत्री रिमा विश्वकर्माले पनि यस विषयमा मुख खोलेकी छिन् । राइजिङ स्टार म्यासन ग्रीन’उड पनि प्रेमिकासँगको यौ’न सम्बन्धको कारण जेल

परेपनि कुनै फ्यान उनको पक्षमा ननिस्केको उनले बताएकी छिन् । उनले लेखेकी छिन्,‘जस्टिस फर ग्रिनउड’भनेर निस्केको देखिएन जे गर्छ कानुनले गर्छ भनेर सबै कानुनको सम्मान गरे । यो शिक्षित र असल नागरिकको बास्तविक पहिचान भनेको यहि हो ।’

प्रतिक्रिया दिनुहोस