मंगोलियन अनुहार देखेपछि, कोरना भाइरस आयो भन्दै कुटपिट

गत डिसेम्बरमा चीनको वुहानबाट कोरोना फैलिएयता बेलायतमा ७ हजार एक सय ३२ जनाले परीक्षणगराइसकेको जनाइएको छ। तीमध्ये १३ जनामा पाजिटिभ भेटिएको थियो। बेलायतले कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाएको छ। बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले सरकारले सर्वसाधारणका लागि जनचेतना अभियान सञ्चालन गर्ने बताएका छन्। बेलायती संसद् ‘हाउस अफ कमन्स’मा भाइरसबारे पछिल्लो अपडेट गराउदै मन्त्री ह्यानककले बेलायतले अरु धेरै केस सामना गर्नुपर्ने स्वीकार्दै अहिले नै यसबारे बढी उत्तेजनात्मक प्रतिक्रिया नदिन आग्रह गरेका छन्।

बेलायती अखबार डेली मिररले एउटा सरकारी कागजातलाई उद्धृत गर्दै बेलायतमा कोरोना फैलिए ५ लाखको निधन हुन सक्ने र ८० प्रतिशत बेलायती सं;क्र;मित हुने चेतावनी दिएको उल्लेख गरेको छ।बेलायतमा दुई सातायता चीन, थाइल्याण्ड, जापान, दक्षिण कोरिया, हङकङ, ताइवान, सिंगापुर, मलेसिया र इटालीबाट फर्किएपछि भाइरसको लक्षण देखिए एनएचएस १११ मा सम्पर्क गर्न भनिएको छ।

ब्रिटिस एयरवेजले २७ फेब्रुअरी देखि ११ मार्चसम्म लन्डन-मिलानका २२ राउण्ड उडान रद्द गरेको छ। तेल कम्पनी चेभरोनले आफ्नो एक कर्मचारीको परीक्षणपछि लन्डनका तीन सय जना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ।इटालीबाट फर्किएका विद्यार्थी पढ्ने ८ विद्यालय बन्द गरिएको छ। बेलायतभरका ८ वटा अस्पताल र १०० वटा जीपी सर्जरीमा कोरोना भाइरस परीक्षण गर्नेहरु बढेका छन्।

लन्डनमा कोरोना भाइरसको बिरामीको उपचारका लागि विशिष्ट अस्पतालहरु छुट्याइएको छ। गाइज, रोयल फ्रि, सेन्ट थोमस आदि अस्पतालमा कोरोना भाइरसको उपचार गर्ने व्यवस्था छ। अरु अस्पतालबाट त्यस्तो अस्पतालमा बिरामी लैजाँदा विशेष खालको एम्बुलेन्स ब्यवस्था गरिएको छ।

बेलायतमा करिब दुई लाख नेपाली रहेको अनुमान छ। अन्य युरोपेली देशहरु आ;क्रान्त बनिरहेका बेला बेलायतवासी नेपाली पनि कोराना भाइरसबाट त्रसित देखिन्छन्।
‘उच्च सतर्कता हुँदाहुँदै पनि रोग सर्न सक्ने जोखिम देखिएको छ। हामी त अझ हस्पिटलमा कामगर्ने भएकाले निकै डर लागेको छ’, सोनिया गुरुङ त्रसित छिन्।

नेपलिज नर्सिङ एसोसिएसन यूकेका अध्यक्ष विनोदविकास सिम्खडा सेन्ट्रल लन्डन कम्युनिटी एनएचएस ट्रष्टमा काम गर्छन्। उक्त ट्रष्टका लन्डनका धेरै ठाउंमा कम्युनिटी क्लिनिक छन्। ‘ती सबै क्लिनिकमा आउने बिरामीहरुका लागि छुट्टै प्रोटोकल छ’, सिम्खडाले भने, ‘यदि कुनै बिरामीलाई शं;कास्पद लक्षण देखिएमा क्लिनिकमा नआउन बरु घरबाटै फोनमा सम्पर्क गर्न सल्लाह दिइएको छ।’ उक्त ट्रष्टले कुनै कर्मचारी सं;क्रमित क्षेत्रबाट फर्किएको छ भने १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ।
‘हाम्रो ट्रष्टको क्लिनिकमध्ये निकै व्यस्त हुने लन्डन चाइना टाउन नजिकको सोहो हेल्थ सेन्टर अहिले एकदम सुनसान छ,’ सिम्खडा भन्छन्, ‘चाइनिज नेसनल हेल्थी लिभिङ सेन्टर पनि एउटै भवनमा भएर होला, क्लिनिक सुनसान देखिन्छ।’लन्डन हयाम्सटेडस्थित रोयल फ्रि अस्पतालमा कार्यरत युरोलोजिष्ट डा. पारस सिंह कोरोना भाइरस सं;क्र;मित बिरामी उपचार गरिनेमध्ये आफ्नो एउटा अस्पताल भएको बताउँछन्।

कोरोनाको नाममा कु;टपि;ट

सिंगापुरबाट आएका एक विद्यार्थीले आफूलाई बेलायती एक समुहले ‘हाम्रो देशमा तिम्रो कोरोना भाइरस चाहिन्न’ भन्दै कु;टपि;ट गरेको गुनासो गरेका छन्।

युनिभर्सिटी कलेज अफ लन्डमा अध्ययनरत २३ वर्षीय जोनाथन मोकले गत सोमबार अक्सफोर्ड स्ट्रिटमा हिँडिरहेका बेला आफूलाई हेरेर युक्त समूहले ‘कोरोना भाइरस’ भन्दै चि;च्याएको र आफूले प्रतिकार गर्न खोज्दा तिनीहरूले बेस्सरी पि;टेको बताएका छन्।

प्रहरीले जातीयताको द्वेष राखेर सो आ;क्रमण भएको र अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको जनाएको छ।चीनबाट यो रोग विश्वभर फैलीएपछी मंगोलियन अनुहार हुनेहरुलाई चीनबाट आएको हुन् सक्ने भन्दै यसरि हचुवाका भरमा यस्तो हर्कत गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस