नेटफ्लिक्स र टिकटकले रोके रुसमा आफ्नो सेवा

प्रविधि कम्पनीहरु नेटफ्लिक्स र टिकटकले रुसमा आफ्नो सेवा रोकेका छन्।आइतबार नेटफ्लिक्सले रुसमा आफ्ना सेवा रोकिएको जानकारी दिएको हो।युक्रेनमाथि आक्रमण गरेको भन्दै गत साता नेटफ्लिक्सले रुसमा आफ्नो भविष्यका सबै परियोजना रोक्ने निर्णय गरेको थियो।

यद्यपि आक्रमण झन् बढ्दै गएसँगै नेटफ्लिक्सले आफ्नो रुसको सेवा बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै चिनियाँ भिडियो एप टिकटकले पनि रुसमा लाइभ स्ट्रिमिङ र नयाँ भिडियो अपलोड गर्न प्रतिबन्ध लगाएको छ।शुक्रबार रुसले जारी गरेको नयाँ नियमबारे अध्ययनको लागि भन्दै टिकटकले यस्तो निर्णय गरेको हो। यद्यपि टिकटकको म्यासेजमा भने यसले कुनै असर नपार्ने टिकटकले बताएको छ। शुक्रबार रुसले अघि सारेको सामाजिक सञ्जाल कानुनको अमेरिकाले आलोचना गरेको छ।उक्त कानुन अनुसार ‘गलत समाचार’ फैलाएको आरोपमा १५ वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

याे पनि, युक्रेनले आत्मसमर्पण नगरे युद्ध रोकिँदैनः पुटिन
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले आत्मसमर्पण नगरे युद्ध नरोकिने बताएका छन्।आइतबार उनले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको कुराकानीमा यस्तो बताएका हुन्। वार्ताको क्रममा पुटिनले युक्रेनले तत्काल सैन्य प्रतिकार रोक्नुपर्ने र यसअघि रुसले राखेका मागहरु पूरा गर्नुपर्ने बताएका थिए।

अन्यथा रुसले अहिले जारी राखेको सैन्य कारबाही नरोकिने पुटिनको भनाइ छ। गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेनमा ३६४ आम नागरिकको मृत्यु भइसकेको छ। जसमा २० जना बालबालिका संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ। राष्ट्रसंघका अनुसार यो युद्धमा सयौं मानिसहरु घाइते भएका छन्। अधिकांश मानिसको मृत्यु विष्फोटक पदार्थको प्रयोग गरी गराइएको राष्ट्रसंघको अध्ययनमा भनिएको छ।रुसले अहिलेसम्म युक्रेनमा ६ सय मिसाइल प्रहार गरिसकेको अमेरिकी रक्षा अधिकारीले बताएका छन्। रुसको आक्रमणपछि अहिले १५ लाखभन्दा धेरै युक्रेनी नागरिकले मुलुक छाडिसकेका छन्।

प्रतिक्रिया दिनुहोस