रेखा थापाविरुद्ध गालीगलौजको जाहेरी परेपछि शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

काठमाडौं, केहिसमय अगाडि पल शाह प्रकरण बिषयलाई लिएर युट्युबमा अन्तर्वार्ता दिने क्रममा नायिका रेखा थापाको नाम जोडेर जथाभावी बोलेको भन्दै उजुरी परेपछि शर्मिला वाइवा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गा’लीग’लौ’ज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन् । थापाले आफूहरुको चरित्र ह’ ‘त्या भएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले युवतीलाई नियन्त्रणमा लिएको हो । थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएकी हुन् । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडिया र सर्मिला वाइबाविरुद्ध जाहेरी दर्ता गराएकी हुन ।

विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गा ली बे’इ’ज्ज’ती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन्।आफूसहित ऋचा शर्मा लगायत नायिकाहरुलाई युट्युबमा तथानाम गा’लीग’लौ’ज गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिइएको रेखाले बताइन् ।

शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्। रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृ’णा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए।व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस