पल शाह घटनामा हरी उदासी पनि पक्राउ

काठमाडौ । कलाकार पल शाह घटनामा अनावश्यक टिका टिप्पणी गर्नेहरु पनि समस्यामा पर्न थालेका छन् । प्रहरीले केही युट्युवर र आफुलाई सामाजिक अभियन्ता बताउँदै विभिन्न युट्युवमा अन्तरवार्ता दिनेहरु पनि पक्राउ परेका छन् । यसै घटनामा अनावश्यक रुपमा किशोरीको चरित्रमा औँला उठाउने हरी उदाशी पनि पक्राउ परेका छन् । उनले आफुलाई अभियन्ता दावी गर्छन ।

उनलाई प्रहरीको साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो। यस घटनामा करिब आधा दर्जन युट्युवर पक्राउ परिसकेका छन् । हरीले पनि विभिन्न युट्युब च्यानलमा अन्तर्वाता दिँदै नाबालिगकको चरित्रबारे अनावश्यक अभिव्यक्ति दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यही प्रकरणमा ब्यूरोले यसअघि गुल्मीका भनभने–९ घर भएका युट्युबर राहुल थापालाई पक्राउ गरेको थियो। उनी सेलेब युट्युब च्यानलका सञ्चालक हुन्। रुपन्देही बस्दै आएका २१ वर्षीय थापाले नाबालिग गायिका र नायिका रेखा थापामाथि मानमर्दन हुनेगरी टिप्पणी गरेको त्यस प्रकारका सामाग्री आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको आरोप लागेको छ।

यसै गरी आफुलाई अभियन्ता दावी गर्ने शर्मिला वाइवा पनि पक्राउ परेको बताइएको छ । तर प्रहरीले यो कुरा भने सार्वजनिक गरेको छैन । वाइवा विरुद्ध पनि अभिनेत्री रेखा थापाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरी आफै पनि यो घटनामा अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस