कोरोनाको त्रास : ब्यापारीले माक्स लुकाएर अपराध गर्दै छन्,

यतिबेला समग्र विश्व नै कोरोना भाइरसको त्रासमा छ। कोरोना भाइरस नियन्त्रणका लागि सबैतिरबाट प्रयास पनि भइरहेको छ। कोरोनाको सं’क्र’म’णबाट जोगिन सर्जिकल मास्कको प्रयोग गर्न सुझाव दिइएको छ।तर, बजारमा अहिले मास्कको अभाव सिर्जना गरिएको छ। नेपालमा एक जनामा कोरोनाको सं’क्र’मण देखिएको र ती व्यक्ति पनि भाइरसमुक्त भइसकेका छन्।

अन्य देशजस्तै नेपाल पनि भाइरसको उच्च जोखिममा छ। तर केही व्यापारीहरुले यसलाई पैसा कमाउने समयका रुपमा लिएका छन्।दुःख पर्दा सबैले साथ दिनुपर्ने समयमा उल्टोमानिसको जीवनसँग जोडिएको विषयमा व्यापार गर्न खोजिएको छ।

मास्कको कृत्रिम अभाव सिर्जना गरेर व्यापारीहरुले अपराध गरिरहेका छन्।के अहिले बजारमा साँच्चिकै मास्कको कमी नै हो त?, फार्मेसी तथा अन्य पसलहरुमा किन सहज रुपमा सर्जिकल मास्क पाइँदैन?यी दुई प्रश्न अहिले आम रुपमा उठ्न थालेको छ। र, यसको जबाफको खोजी हुनुपर्छ। सरकारले मास्क लुकाउनेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।सबैभन्दा महत्वपूर्ण कुरा त मानिसको जीवन जोगाउने जस्तो पुण्य काम नगरेर व्यापारीहरु किन अपराध

गरिरहेका छन्। मास्क लुकाएर मानिसलाई रोग लागोस् भन्नेहरु अपराधी नै हुन्। कोरोन मात्र होइन, मास्कले अन्य सरुवा रोगहरुबाट समेत जोगाउन सहयोग गर्छ।मौसम परिवार्तनको यो समयमा मौसमी रुघाखोकी, स्वाइनफ्लु जस्ता सरुवा रोग देखिन थालेका छन्। तर, विगतमा सहज रुपमा पाइरहेको मास्क अहिले नपाउँदा यस्ता सरुवा रोग अरुमा सरिरहेको छ। मास्क मात्र भएको भए पनि धेरै जना यस्ता सरुवा रोगबाट जोगिने थिए।मास्क भएर पनि लुकाउने र अरुलाई रोग सरोस् भन्ने कुरा त सोच्न पनि सकिँदैन।

तर किन मानिसहरु यति अमानवीय भइरहेका छन्। के व्यापारीमा संवेदना हुँदैन?केही दिनअघि नियमित रुपमा मास्क पाइने पसलहरुमा मास्क किन्न जाँदा छैन भनियो। तर, उनीहरुले र उनीहरुका आफन्तले भने मास्क लगाइरहेको देखिएको थियो।

यो विषयमा जिज्ञासा राख्दा उनीहरुलाई आफूलाई केही स्टक राखेको मात्र लगाएको भनिरहेका छन्। केही व्यापारीले ग्राहकले धेरैभन्दा धेरै मास्क किनेर घरमा लगेर

प्रतिक्रिया दिनुहोस