काठमाडौंको घटनाका परिवारले लेखेको नोट फेला, ‘सवैले सल्लाह गरेर वि’ष खाए’

काठमाडौं :काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिएका छन् । पाँच जनामध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । ३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृत्यु भएको जनाईएको छ ।

वि’ष पिएको परिवारका ५ जनामध्ये ४ जनाको गम्भीर अवस्थमा उपचार भइरहेको छ । भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा छैनन् । ६२ वर्षीया इन्दिरामाया प्रधानसहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको हो ।

इन्दिरामाया प्रधानसहित ३८ वर्षका भिम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर रहेको एसपी मैनालीले जानकारी दिए । डाडाँपौवास्थित डा. उद्धव पुरीको घरमा उनीहरु डेरामा बस्थे । डेरामा विषका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको वि’ष फेला परेको हो ।

अनुसन्धानमा सं’ल’ग्न प्रहरी अधिकृतहरूका अनुसार उनीहरुले विष पिउनुअघि लेखेको नोट भेटिएको छ । नोटमा उनीहरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ ।’ सो परिवारले वि’षमा सिटामोल धुलो बनाएर जुसजस्तो घोल बनाएको भेटिएको छ । ४ वटा बोटलमा घोलेर पिएको बाँकी रहेको वि’ष प्रहरीले अनुसन्धानका लागि संकलन गरेको छ ।

उनीहरु मध्ये केही मानसिक रोगको समस्यामा थिए । प्रहरीले घटनाको कारण आर्थिक समस्या हुनसक्ने आँकलन गरेको छ । तर, यकिन कारण खुल्न बाँकी रहेको एसपी मैनालीको भनाई छ ।

‘सवैले सल्लाह गरेर वि’ष खाएको देखिन्छ,’ अनुसन्धानमा सं लग्न एकजना प्रहरी अधिकृतले भने, ‘लेनदेनको समस्याका कारण वि’ष खा’एको हुनसक्ने आँकलन गरेर सोही कोणबाट अनुसन्धान अघि बढाएका छौं ।’ घटनाबारे महानगरीय प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । फोटो फाईल

प्रतिक्रिया दिनुहोस