रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरु समक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।रुसमा उत्पादित सामग्री बहिष्कार गर्न र त्यहाँको तेल आयात नगर्न समेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए ।

यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न शहरमा फसेको विवरण सार्वजनिक भएका छन् । रुस र युक्रेन सरकारका प्रतिनिधिबीच तेस्रो चरणको वार्ताको तयारी भएको बीबीसीले जनाएको छ । यसअघि भएका वार्ता बिना निष्कर्ष टुंगिएका थिए ।

याे पनि :-संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बन्यो रुस : रिपोर्ट
रुस संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बनेको छ । रुसले यो मामिलामा सिरिया र इरानलाई पनि पछि पारेको छ ।निगरानी गर्ने साइट क्यासलम डट एआईका अनुसार २२ फेब्रुअरी अघि नै रुसमाथि २,७५४ प्रतिबन्ध लागिसकेका थिए । यसबाहेक युक्रेनमाथि हमलापछि रुसमाथि २,७७८ प्रतिबन्ध लागेका छन् । यससँगै कूल संख्या ५ हजार ५३२ सम्म पुगेको छ ।

हालसम्म शीर्ष स्थानमा रहने इरानमाथि कुल ३,६१६ प्रतिबन्ध लागेका छन् ।प्रतिबन्ध लगाउने देशमा अमेरिका सबैभन्दा अगाडि छ जसले २१ प्रतिशत प्रतिबन्ध लगाएको छ । त्यसपछि यूके र इयू संयुक्त रुपमा छन्, जसले १८ प्रतिशत प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस