रातभरी मेथि भिजाएर बिहान कपालमा लगाउनुहोस्, हट्छ झर्ने, टुक्रिने र रुखो हुने समस्या

काठमाडौँ, हाम्रो बरपर रहेको बढी फोहोरको कारण बातावरण प्रदुषित बनीरहेको छ। त्यसैले हामी हिडडुल गर्दा हाम्रो कपाललाई पनि प्रदुषित हावाको कारण कपाल सुख्खा साथै झर्ने गराउछ छ।कपाल झर्नबाट रोक्न तथा कपाल उमारर्नको लागि बजारमा धरै थरिका औषधी उत्पादन भइरहेका छन् तर हाम्रो समाजमा धरै जना कपालझर्ने समस्याबाट पीडित हुने गरेका छन्।

कपाल झर्ने समस्या विभिन्न कारणले हुने गर्दछन् सामान्यतया तल दिएको कारण कपाल झरेको पाइन्छ ।आज हामी तपाइलाई कपाल झर्ने कारण तथा रोकथामको लागि घरेलु विधिहरुको यहाँ चर्चा गर्ने छौ ।कपाल झर्ने मुख्य कारण, कपालमा धेरै चाया भए, धेरै चिन्ता लिए, निन्द्रा नपुगे, खानपान व्यवस्थित नभए, स्वास्थ्यमा खरावी भए, कपालमा गुणस्तरीय सेम्पुको प्रयोग नगरे।

कपाल झर्न रोक्ने घरलु विधि:-कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप लगाउनाले कपाल उम्रिन्छ। कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर तताउनुहोस् । त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस् । नियमित रूपले यो तेलको प्रयोग गर्नुहोस्।

नीम र बयरका पातलाई पिसेर कपालमा लगाउनुहोस्। दुई घण्टापछि कपाल धुनुहोस् । एक महिनासम्म यसो गर्दा कपाल झर्न बन्द हुनेछ र नयाँ कपाल उम्रिनेछ।कपालमा अमलाको रसले मालिस गर्नुहोस्। खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ। लसुनको तेल लगाउँदा कपाल झर्नबाट रोकिन्छ।

काउली र बन्दा नियमित खानाले कपाल झर्न कम हुन्छ। कागतीको ताजा बोक्रालाई पानीमा हालेर बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस्। पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्नुहोस्। यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्न रोकिन्छ।

एक सय ग्राम नीमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्, यसले टाउको धुनुहोस् । टाउकोका फोकाहरू हट्नेछन्। साथै, खुइलिएको स्थानमा पनि कपाल उम्रिन थाल्नेछन्। टाउको धोइसकेपछि नीमको तेल लगाउनुहोस्। अनारको पात पिसेर कपालमा त्यसको लेप लगाउनाले खुइलिएको स्थानमा कपाल पलाउँछ।

कपाल खुइलिएको ठाउँमा हरियो धनियाँको रस लगाउनाले कपाल उम्रिन थाल्छन्। बन्दाको रसले नियमित मसाज गर्दा कपाल खुइलिने, टुक्रिने, झर्ने समस्याबाट बच्न सकिन्छ।
केराको बोक्राको मालिसले कपाल झर्ने समस्या हट्छ। ताजा सयपत्रीका पात मिचेर कपालमा लगाउनुहोस्, एकदुई घण्टासम्म राख्नुहोस् र धुनुहोस्। नियमित कागती टाउकोमा रगड्नाले पनि कपाल उम्रिन्छन्।

हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस्। त्यसपछि नुहाउनुहोस्। कपालको जरा बलियो हुनेछ।महमा कागतीको रस मिलाएर जरामा लगाउनुहोस्। आधा घण्टापछि टाउको धुनुहोस्। एक महिनाभरि, हप्तामा दुई पटक यसो गरिए कपाल बलियो भएर झर्न रोकिनेछ। कपाल चम्किलो बन्नेछ।

एक कागतीको रस, आधा कचौरा तेलमा मिसाएर सुत्ने बेला कपालमा लगाउनुहोस्, बिहान कपाल पखाल्नुहोस्। नरम हुनुका साथै कपाल झर्न बन्द हुनेछ।दुई ठूलो चम्चा दाना मेथी रातभरि पानीमा भिजाउने। बिहान मसिनो पिसेर कपालमा लगाउनुहोस्। आधा घण्टाजति राख्नुहोस्। यसबाट कपाल झर्न कम हुन्छ र सुक्खापन पनि हट्छ। कपाल खुइलिएको ठाउँमा काँक्राको रस लगाउँदा पनि कपाल उम्रिन थाल्छन्।

एक गिलास पानीमा दुई चम्चा चियापत्ती हालेर उमाल्नुहोस्। चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस्। कपालमा दल्नुहोस् । सुकेपछि सफा पानीले पखाल्नुहोस्। यसो गर्दा कपाल स्वस्थ, चम्किलो र बलियो बन्छ।झर्नबाट रोक्न कपाललाई बाफ दिइरहनुपर्छ। तुलसीका बीउलाई बेल या नीमका पातसँग उमालेर, त्यसले कपाल धुनाले लाभ हुन्छ। भाङका पातको रसले मसाज गर्दा पनि कपाल झर्न बन्द हुन्छ ।

प्रतिक्रिया दिनुहोस