पलका फ्यानहरुको लागि आयो दुखद खबर ! पलका लागि थप जटिल बन्दै

काठमाडौं २४ फागुन ।काठमाडौं । यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् ।

अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका छन् । शाहले नाबालिग गायिकामाथि गरेको यौ’न हिं’साको विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् ।

पीडित गायिकाको न्यायका लागि बहसमा सहभागी हुन अधिवक्ता एवम् अभियन्ता मोहना अन्सारीको आग्रह पछि शाह को विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् ।

शाहको विपक्षमा वहस गर्ने अधिवक्ताहरुमा मोहना अन्सारी, मीरा ढुङ्गाना, सुष्मा बाँस्कोटा, ओम अर्याल, राधिका खतिवडा, ईला शर्मा, सरिता तिवारी, कुमारी खरेल, मनीषकुमार श्रेष्ठ, केदार गुरागाइँ, रामेश्वर कोइराला, अञ्जना अर्याल, अपेक्षा निरौला, अमृता अर्याल, माया घिमिरे, जयन्ती पाठक, रुपा पोखरेल, दिल कुमारी राई, शैलेन्द्र प्रसाद अम्बेडकर, विकास भट्टराई, शिवजी भण्डारी र राहुल झा बहसका रहेका छन् ।

पलको तर्फबाट अधिवक्ता विवी विष्टसहितले बहस गर्ने भएका छन् । पीडित गायिकाले गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी दिएपछि अभिनेता शाह हाल तनुहँको प्रहरी हिरासतमा रहेका छन् ।

गायिकाको जाहेरीको दिएको पाँच दिनपछि शाह आफै तनहुँ प्रहरी पुगेका थिए । सुरुमा अनुशन्धानको लागि सात दिनको समय तोकेपनि अहिले फेरि थप १२ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस