साइप्रस जाने नेपालीलाई खुशीको खबर ! तलब थाहा पाउँदा लोभिनुहुन्छ

काठमाडौं, २३ फाल्गुण, २०७८ । साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रस सहरमा रहेको private employment agengy operating license कम्पनीले ७ जना नेपाली पुरुष र १७ जना महिला गरि जम्मा २४ जना कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । कामदारले खान बस्नेतसहित तलब ४२ हजार माथिदेखि १ लाख ७० हजार बढि पाउनेछ ।

इच्छुक कामदारले सक्षम ह्युमन रिसोर्से प्रालिको कार्यालय कोटेश्वर काठमाडौंमा फागुन २७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

शून्य लागतमा जोर्डनले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?

शून्य लागतमा जोर्डनले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । जोर्डन सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि ७० जना पुरुष र १३० जना महिला गरी जम्मा २०० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३७ हजार बढि पाउनेछ । इच्छुक कामदारले माउन्टेन ग्रुप इनटरनेशनल प्रालिको बसुन्धारा काठमाडौंमा फागुन २९ गते अन्तरवार्ता दिनु पर्ने छ । साथै कामदारले भाषा तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिनु पर्ने छ । तालिमा खाने बस्नेको व्यवस्था सँगै तालिम निशुल्क हुने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले बेहोर्नु पर्ने छ । स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

प्रतिक्रिया दिनुहोस