डेनीको ह्यान्डमेड कफी यात्रा: हिजो भुसे चुल्होसँगै सडकमा, आज पाटनको मुटुमा (भिडियो)

एक दशकदेखि हातैले कफी बनाएर बेचिरहेका दीपेश श्रेष्ठ ‘डेनी’ले पाटन मंगलबजारमा ‘डेनीज ह्यान्डमेड कफी’ चलाइरहेका छन् । विशेषगरी पाटन आसपासका युवाहरुको प्रिय थलो हो ‘डेनीज ह्यान्डमेड कफी’

डेनीलाई विदेश काम गर्न जान उनको परिवारले दबाब दिइरहेका थिए तर उनले भने कफी नै बेच्ने अठोट गरे । २०६७ सालमा हजुरआमासँग १५ सय रुपैयाँ लिएर उनी ‘जीवनमा केही बन्ने’ उद्देश्य बोकेर घरबाट हिँडे । १५ सय रुपैयाँ लिएर हिँडेका डेनीले २ वटा भुसे चुल्हो किने । बोरामा चुल्होसँगै कफी र कप बोकेर उनी रातभरी पाटन अस्पताल, वीर अस्पताल वरिपरिका ठाउँमा कफी बेच्ने गर्थे ।

हिजो भुसे चुल्होसँगै सडकमा कफी बेच्दै हिंड्ने डेनी कसरी आज पाटनको मुटु मंगलबजारमा ‘डेनीज ह्यान्ड मेड कफी’ सम्मको यात्रा तय गरे ? हेर्नुहोस्, १५ सय रुपैयाँमा उद्यमशिलताको यात्रा तय गरेका डेनीको भिडियो कथा Source-jibiko.com

प्रतिक्रिया दिनुहोस