५३ वर्षीया आमाले खोजिन् नयाँ पति, छोराको भावुक पोष्टले दुनियाँको ह्दय छोयो

काठमाडौ । आमाको दोस्रो पटकको विवाहमा छोराले भावुक पोस्ट गरेका छन् ।एक छोराले आफ्नी ५३ वर्षीया आमाका लागि सामाजिक सञ्जालमा भावुक पोस्ट लेखेका हुन् ।वास्तवमा ती महिलाले सन् २०१३ मा ४४ वर्षको उमेरमा श्रीमान गुमाएकी थिइन् । यसपछि उनी क्यान्सर र कोभिडबाट पीडित भइन् ।

छोरा बाहिर बस्थे र आमा भारतमा एक्लै बस्नुपर्ने भयो । सबै कठिनाइका बाबजुद पनि ती महिलाले हिम्मत हारिनन् । तर गत वर्षदेखि उनी एक व्यक्तिसँग प्रेममा थिइन् ।महिला पनि क्यान्सर र डिप्रेसन जस्ता रोगबाट पीडित थिइन् । तर उनले कहिल्यै आशा हारिनन् ।

महिलाका छोरा जिमित गान्धीले लिंक्डइनमा आफ्नी आमाको भावनात्मक कथा सुनाएका छन्, जसलाई प्रयोगकर्ताहरूले पनि मन पराइरहेका छन् ।

प्रयोगकर्ताहरूले पनि जिमितको पोस्टको तारिफ गरेका छन् ।लिंक्डइन प्रोफाइल अनुसार, जिमित गान्धी च्भाष्लष्तष्ख नामक कम्पनीमा बिक्री र खाता व्यवस्थापनको काम हेर्छन् र दुबईमा बस्छन्।

भाइरल पोस्टमा के लेखिएको छ :जिमित गान्धीले आफ्नो पोस्टमा आमालाई ‘फाइटर’ र ‘योद्धा’को उपाधि दिएर सम्मान गरेका छन् ।उनले लेखेको पोष्टको अंश यस्तो छ । जिमितले लेखेका छन्, ‘उनले सन् २०१३ मा आफ्नो पति गुमाएकी थिइन् ।

त्यो बेला मेरी आमाको उमेर ४४ वर्ष थियो । सन् २०१९ मा उनलाई स्टेज ३ स्तन क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि दुई वर्षसम्म धेरै पटक केमोथेरापी गरिएको थियो।

दुई वर्षपछि निको भइन् । क्यान्सरको उपचारको क्रममा उनलाई डेल्टा भेरियन्टको संक्रमण भएको पत्ता लागेको थियो । यस अवधिमा उनी डिप्रेसन र क्यान्सर दुवैबाट पीडित थिइन् ।

तर उनले कहिल्यै हार मानिनन् । उनी ५२ वर्षको उमेरमा प्रेममा परेको मैले बुझेको थिए । हाल उनीहरूले विवाह गरे र भारतीय समाजमा प्रचलित धेरै निषेधहरू समाप्त गरे। उहाँ एक लडाकु हुनुहुन्छ र उहाँ मेरी आमा हुनुहुन्छ।

फेब्रुअरी १४ मा विवाह

जिमितले आफ्नो पोस्टमा थप लेखेका छन्, ‘मेरो पुस्ताका सबै मानिसहरु, यदि तपाईका अभिभावक सिंगल हुनुहुन्छ भने उनीहरुलाई सहयोग गर्नुहोस् ।

साथी भेटिएमा साथ दिनुस्, जिमितले ‘हिन्दुस्तान टाइम्स’सँग कुरा गर्दै आफ्नी आमा सुरुमा उनीहरुको सम्बन्धबारे खुलासा गर्न हिचकिचाउँथिन् । तर उनले यो कुरा आफ्नी श्रीमतीलाई भने ।

जिमितका अनुसार उनकी आमाको विवाह १४ फेब्रुअरीमा भएको थियो । जुन कार्यमा जिमितकी श्रीमतीले धेरै सहजिकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस