रुस-युक्रेन कारवाहीमा अभिनेता पाशाको नि धन

एजेन्सी, रुस र युक्रेनबीच यु ‘द्ध जारी छ । यो यु’ द्धमा परेर एक युक्रेनी अभिनेता पाशा लीको निधन भएको छ । युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्या’न गु’माएका हुन् ।

पाशा अग्रमोर्चामा रहेर सेनाको निर्देशन पालन गरिरहेका थिए । यही बेला मार्च ६ मा इरपिनमा भएको कारवाहीमा उनको मृत्यु भएको हो । यो कुराको जानकारी ‘ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभल’ले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै दिएको हो ।

पाशा ३३ वर्षका थिए । युक्रेनमा रुसले कारवाही सुरु गरेपछि उनले अभिनय करियर छोडेका थिए । यसपछि उनी युक्रेनको टेरिटोरियल डिफेन्स युनिटमा आबद्ध भएका थिए ।पाशा युक्रेनको लोकप्रिय अभिनेता, डबिङ कलाकार, गायक तथा संगीतकार थिए । उनले आफ्नो करियर टेलिभिजन कमर्शियलबाट सुरु गरेका थिए ।

उनले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्मबाट अभिनय करियर प्रारम्भ गरेका थिए । उनको लोकप्रिय फिल्ममा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्लासमेट्स’ छन् ।

प्रतिक्रिया दिनुहोस