एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरे, यो नेपालकै हितमा छ – प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरिकी सहयोग परियोजना मिलेनेयिम च्यालेन्ज कर्पोरेसन एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेको बताएका छन् ।
बुधबार काठमाडौँ क्षेत्र १ अन्तर्गत महानगरपालिका- ३१ को शंखमूलमा आयोजित बुथ कार्यसमिति गठन समारोहमा सिंहले सो कुरा गरेका हुन् ।

एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति जनाए।‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ उनले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ । यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो । असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन ।’

उनले नेपालको हितका लागि आवश्यक रहेकाले कांग्रेसले यसअघि प्रतिपक्षमा रहँदासमेत एमसीसीको वकालत गरेको बताएका छन् । उनले भने – ‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो ।

प्रतिक्रिया दिनुहोस