माधव नेपालको निर्देशन : एमसीसीविरुद्ध नबोल्नू, लेखेका स्टाटस पनि मेटाउनू

काठमाडौ,सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता सम्झौता एमसीसीविरुद्ध नबोल्न नेता कार्यकर्तालाई कडा निर्देशन दिएका छन्। बुधबारदेखि राजधानीमा सुरु केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

उनकै पार्टीको समर्थनमा सरकारले एमसीसी संसदवाट अनुमोदन गरेको हो । एमसीसीकै कारण माओवादी केन्द्र र समाजवादीमा मतभेद उत्पन्न भएको छ । केही नेताहरु एमसीसीका विरुद्ध उत्रिएका छन् ।

गत फागुन १५ गते नेकपा माओवादी केन्द्र र समाजवादी समेतको समर्थनमा संसदबाट एमसीसी पास भइसकेको छ। त्यसअघि यी दुई पार्टी कडा विरोधमा उभिएर कार्यकर्ता पनि सडकमा उतारेका थिए। ‘पार्टीको पनि समर्थनमा एमसीसी संसदबाट पास भइसकेको छ। अध्यक्ष नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासँगै एमसीसीबारे यसअघि रहेका सबै विरोधाभाष पनि हटिसकेको जिकिर गरेका छन्।

एमसीसीलाई लिएर एमालेले सत्ता गठबन्धन तोड्न अनेक प्रयास गरेको पनि नेपालले बताए। अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जितेको पनि बताए। अब पनि त्यसै गरेर अघि बढने योजना रहेको उनले बताए। एक्लै जित्ने अवस्था नभए पनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस