एमसीसी अहिलेकै अवस्थामा कार्यान्वयन भए त्यो कम्युनिष्ट र चीनविरोधी हुन्छ :-झलनाथ खनाल

काठमाडौं, एकतर्फ घोषणाबाट पारित भएको एमसीसी अहिलेकै अवस्थामा कार्यान्वयनमा गएमा त्यो कम्युनिष्ट र चीनविरोधी हुने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् ।नेकपा एसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालपछि बोलेका खनालले एमसीसीको व्याख्यात्मक घोषणालाई लेटर अफ एक्सचेन्जमार्फत सम्झौताको अंग बनाउनुपर्ने बताएका छन्।

खनालले भने, ‘धेरै ठुलो मुद्दा हो । यसबारे हामीले नै पहिले कुरा उठाएको हो । मेरै नेतृत्वमा कार्यदल बनेको थियो । पछिल्लो अवस्थामा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने हुन्थ्यो । एकदम हतारहतारमा भयो । व्याख्यात्मक घोषणा गर्नै नसकिने होइन । तर, हामीले एकतर्फी गर्‍यौं। जे गरिएको छ, त्यसलाई उपलब्धिमा बनाउनुपर्छ । लेटर अफ एक्सचेन्जबाट यसलाई सम्झौताको अंग बनाउनु पर्छ । अब यो कसरी कार्यनयन हुन्छ रु अहिले कै शर्तमा भयो भने यो कम्युनिष्ट र चीनविरोधी हुन्छ । यो एकलौटी सम्झौता जस्तो भयो । हाम्रोभन्दा अमिरिकी हितलाई माथि राखियो ।

खनालले अब एमसीसीको नाममा विवाद नगर्ने भन्दै केही कुरा भए पनि चुनावसम्म स्थगित गरौं भनेका छन् । यसअघि अध्यक्ष नेपालले एमसीसीको विरुद्धमा फेसबुकमा लेखिएका स्टाटस डिलिट गर्न र यसबारे जथाभावी नबोल्न नेताहरूलाई चेतावनी दिएका थिए ।अब सम्झौता गर्दा यस्ता कुरामा ख्याल गर्नुपर्ने हुन्छ। अब एमससीसीको नाममा विवाद गर्ने कुरा छैन । केही कुरा भए पनि चुनावसम्म स्थगन गरौं ।

प्रतिक्रिया दिनुहोस