गैडाकोट पुर्याइएका पल शाहले सरकारी वकिल समक्ष दिए यस्तो वयान

काठमाडौ, गायीका किशोरीले दिएको उजुरीका आधारमा पक्राउ परेका अभिनेता पल शाहलाई वयानका लागि गैडाकोटको सरकारी वकिल कार्यालय लगिएको छ । पलले गैडाकोट स्थित सरकारी वकिलको कार्यालयमा वयान दिएका छन् । गायीका किशोरीले कर णी गरेको आरोप लगाए पनि पलले भने इन्कारी वयान दिएका छन् । उनले आफुले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।

गैडाकोटमा दिएको वयानमा पनि पलले इन्कारी वयान दिएको बुझिएको छ । मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो। उनलाई सरकारी वकिल कार्यालय लैजादै गरेको भिडियो सार्वजनिक भएको छ ।

मंगलबार शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँले गैंडाकोट प्रहरीमा पठाएको थियो । जिल्ला प्रहरीका सूचना अधिकृत दिलिप गिरीका अनुसार शाहलाई अब करिब एक हप्ता गैडाकोटमै राखेर अनुसन्धान अघि बढाइने छ । प्रहरीले दुवै स्थानको घटनामा एकै पटक अनुसन्धान सक्नेगरी काम थालेको हो ।

तनहुँ र गैडाकोटमा परेको उजुरी एकै ब्यक्ति उपर एकै प्रकारको अभियोग हो । दुवै जिल्लामा एउटै प्रकृतिको मुद्दा भएकाले यहाँको अदालतले म्याद थप्न नपर्ने प्रहरीको भनाइ छ । गैंडाकोट घटनाको अनुसन्धान सकिएपछि शाहलाई तनहुँ प्रहरीमै पठाइने भएको छ ।

प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई इच्छा विपरित कर णी गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस