अन्तर्राष्ट्रिय महिला दिवसको अगाडि, पाकिस्तानमा ह्यासट्याग ‘SaveDaughtersOfSindh’

सिन्ध प्रान्तको मेडिकल युनिभर्सिटीका दुई महिला विद्यार्थीहरूले भर्खरै गरेको आत्महत्याले पाकिस्तानमा शैक्षिक संस्था र कार्यस्थलहरू लगायत धेरै ठाउँमा महिला सुरक्षाका सम्बन्धमा गम्भीर त्रुटिहरूलाई औंल्याउँछ, जसले यो देश फेरि एक पटक महिलाहरूको लागि “सुरक्षित राष्ट्र” को रूपमा असफल भएको कुरालाई जोड दिन्छ।पाकिस्तानको सिन्धमा महिलाहरू दमनको चरम अवस्थामा छन् र मार्च 8 मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन अघि, ह्यासट्याग ‘#SaveDaughtersOfSindh’ पाकिस्तानमा अहिले असाध्यै प्रचलनमा छ।

ह्यासट्याग चिकित्सा शिक्षा अध्ययन गरिरहेका छात्राहरूसँग सम्बन्धित छ र यस ह्याशट्यागलाई कलेज प्रशासकहरूले पूर्ण रूपमा प्रोत्साहन दिएका छन् । यद्धपि सरकारले भने यस डिजीटल अभियान र पाकिस्तानमा महिला आन्दोलनको यस प्रचलनलाई राम्ररी बेवास्ता गरेको छ, बिजनेस रेकर्डरले रिपोर्ट गरेको हो ।

पाकिस्तान: विपक्षी सिनेटरले बलुच विद्यार्थीहरूको ‘दमन’ मा इमरान खान सरकारको आलोचना

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) की नेतृ शेरी रहमानले सिनेटमा बेपत्ता विद्यार्थी हाफिज बलोचको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका बलोच विद्यार्थीहरूप्रति ऐक्यबद्धता देखाए र इमरान खान सरकारलाई दमन रोक्न आग्रह गरिन।

उनले ट्वीटरमा, ूबेपत्ता विद्यार्थी हाफिज बलोचको रिहाइको माग गर्दै राष्ट्रिय प्रेस क्लबबाहिर क्याम्पमा बसेका बलूच विद्यार्थीहरूसँग ऐक्यबद्धता र बलुच विद्यार्थीहरूलाई हुने धम्की अन्त्य गर्न उनीहरूको समस्याको राजनीतिक समाधान चाहिन्छ, दमन होइन।ू भनेर लेखेकी छिन् ।

इस्लामावाद प्रहरी र बेपत्ता विद्यार्थीहरूको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका बलूच विद्यार्थी बिचमा मंगलबार झडप परेको छ। विद्यार्थीहरूका अनुसार सादा लुगा लगाएका अधिकारीहरूले उनीहरूको मोबाइल फोन खोसे र विरोध शिविर भत्काइदिए भनी स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनीहरुले विद्यार्थी कार्यकर्ताहरूले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई प्रहरीले अनावश्यक रूपमा हातपात र कुटपिट गरेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस