पाकिस्तान: विपक्षी सिनेटरले बलुच विद्यार्थीहरूको ‘दमन’ मा इमरान खान सरकारको आलोचना

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) की नेतृ शेरी रहमानले सिनेटमा बेपत्ता विद्यार्थी हाफिज बलोचको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका बलोच विद्यार्थीहरूप्रति ऐक्यबद्धता देखाए र इमरान खान सरकारलाई दमन रोक्न आग्रह गरिन।

उनले ट्वीटरमा, ूबेपत्ता विद्यार्थी हाफिज बलोचको रिहाइको माग गर्दै राष्ट्रिय प्रेस क्लबबाहिर क्याम्पमा बसेका बलूच विद्यार्थीहरूसँग ऐक्यबद्धता र बलुच विद्यार्थीहरूलाई हुने धम्की अन्त्य गर्न उनीहरूको समस्याको राजनीतिक समाधान चाहिन्छ, दमन होइन।ू भनेर लेखेकी छिन् ।

इस्लामावाद प्रहरी र बेपत्ता विद्यार्थीहरूको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका बलूच विद्यार्थी बिचमा मंगलबार झडप परेको छ। विद्यार्थीहरूका अनुसार सादा लुगा लगाएका अधिकारीहरूले उनीहरूको मोबाइल फोन खोसे र विरोध शिविर भत्काइदिए भनी स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनीहरुले विद्यार्थी कार्यकर्ताहरूले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई प्रहरीले अनावश्यक रूपमा हातपात र कुटपिट गरेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस