नवलपुरका सरकारी वकिलले लिए ४ घण्टा लगाएर पलको वयान

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहको आज कावासोतीमा सरकारी वकिलले ४ घण्टा लगाएर वयान लिएका छन् ।आज इलाका प्रहरी कार्यालय गैडाकोटबाट कावासोतीको सरकारी वकिलको जिल्ला कार्यालयमा ल्याएर वयान लिइएको हो ।उनलाई गीतको छायांकनको क्रममा नवलपुरको गैडाकोटमा रहेको गैडाकोट रिसोर्टमा बालिका बलात्कारको अभियोगमा नवलपुरमा उजुरी परेको छ

सोही उजुरीको आधारमा नायक पल शाहलाई इलाका प्रहरी कार्यालय गैडाकोट झिकाई प्रहरी र सरकारी वकिलले वयान लिएको हो ।पललाई हतकडी लगाएर ल्याएको थियो । उनी विरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । उनलाई दोस्रो पटक १२ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धा’न अगाडि बढाइ रहेको छ ।पलमाथि लागेको अभि’योग प्रमा’णि’त भए १० देखि १२ बर्षसम्म जे’ल सजा’य हुने छ ।

यो पनि पढ्नु होस् -चलचित्र अभिनेता पल शाह प्रकरणमा अनर्गल सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले थप दुईजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल मिडिया नामका युट्युब च्यानलका सञ्चालक हरि उदासी भन्ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका सञ्चालक निशान चिलवाल छन् ।

काठमाडौंका भीमढुङ्गा घर भएका हरि उदासी फिल्म निर्देशक पनि हुन् । लमजुङको राईनास नगरपालिका घर भएका २७ वर्षीय चिलवाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्दै आएका छन् । उनीहरु विरुद्ध विद्युतीय कारोबार ऐन–२०३३ को कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए । युट्युबरले अभिनेता पल शाह र बलात्कृत नाबालिकाको सम्बन्धबारे अनर्गल सामग्री प्रसारण गरेको आरोप छ ।
फागुन २३ मा ब्यूरोले स्लेब नेपाल युट्युब च्यानलका सञ्चालक राहुल थापालाई पक्राउ गरेको थियो । उनीविरुद्ध प्रहरीले ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस