तोलामा ३ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, यति पुग्यो भाउ…

काठमाडौँ। सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँको दरले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ।

यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ। बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ।

आज सुनमा इतिहासकै ठूलो मूल्य ! सुनको भाउमा नयाँ रेकर्ड
काठमाडौँ — बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार १ लाख ३ हजार कायम भएको थियो ।

अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ । २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्याधिक बढ्दा मूल्य आकासिएको थियो । यस पटक भने युक्रेनमाथि रुसको आक्रमणका कारण सुनको भाउ आकासिएको व्यवसायी बताउँछन् ।

सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार विश्वमा महामारी, युद्ध वा अन्य संकट आईपर्दा सुनको मूल्य सबैभन्दा छिटो प्रभावित हुने गरेको छ । ‘यस्ता संकटका बेला विभिन्न देशका सरकार तथा ठूला लगानीकर्ताले सुनमा लगानी बढाउँछन् जसले मागसँगै मूल्य बढ्ने गर्छ,’ उनले भने ।

युक्रेनमाथि भएको आक्रमणलाई लिएर रुसमाथि अमेरिकाले पेट्रोलियम पदार्थको आपूर्तिमा प्रतिबन्ध लगाउने भएपछि सुनको मूल्य बुधबार थप बढेको व्यवसायीको भनाइ छ । यसअघि मंगलबार सुनको मूल्य स्थिर रहेको थियो ।

नेपालमा वाणिज्य बैंकहरुले सुन आयात गरी व्यापारीहरुलाई बिक्री गर्दछन् । हाल दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । बुधबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १४१० रुपैयाँ थियो । सामान्यत सुन र चाँदीको भाउ सम्बन्ध सकारात्मक हुन्छ । प्राय सुनको भाउ बढ्दा चाँदीको पनि बढ्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस