जिप दुर्घटनामा घाइते बेहुला बेहुली अस्पतालबाट डिस्चार्ज , बेहुलीको दाहिने हात

प्युठान – प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गत माघ २१ गते राति ३ बजे दुर्घटनामा हुँदा गम्भीर घा’इते बेहुली रिमा जिसी र बेहुला दानबहादुर खड्का एक महिना लामो उपचारपछि भैहवास्थित अस्पतालबाट डिस्चार्ज भएका छन्।

तर जिप व्यवासयीले उपचार खर्च भुक्तानी नगरेपछि उनीहरु घर जान पाएका छैनन्। आठजनाको मृ’त्यु भएको दुर्घ’टनामा घाइते बेहुली रिमाको दाहिने हात का’टिएको छ। जिप अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको थियो ।

बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको थियो ।

एक महिना लामो उपचारपछि अहिले भने भैहवास्थित अस्पतालबाट रिमा जिसी र बेहुला दानबहादुर खड्का डिस्चार्ज भएका हुन् । मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका थिए । गौमुखी गाउँपालिका-६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको थियो । तस्बिर: लक्ष्मी केसी

प्रतिक्रिया दिनुहोस