पल्पसा डंगोल ‘चम्सुरी’को गरियाे मिर्गौला प्रत्यारोपण कस्ले दिए उनलाई मिर्गौला ?

काठमाडौं,कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकले चार घण्टा लामो शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

कलाकार डंगोललाई उनका भाइ अजु डंगोलले मिर्गाैला दान गरेका हुन्। मिर्गाैला प्रत्यारेपणपछि उनलाई भेट्न चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोली शिक्षण अस्पताल पुगेको थियो।

मिर्गौला प्रत्यारोपाणमा १२ लाख रुपैयाँ खर्च लागेको कलाकार संघका अध्यक्ष खड्काले जानकारी दिए। डंगोलको मिर्गाैला प्रत्यारोपणमा लागेको खर्चका लागि कलाकार संघको संयोजकत्वमा समिति बनाई रकम संकलन गरिने खड्काले बताए।

पाँच वर्षदेखि मिर्गौला रोगबाट पीडित डंगोलको केही महिनाअघि नै मिर्गौला प्रत्यारोपण गर्ने पक्का भएको थियो। तर महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि ढिला भएको हो।

कलाकार डंगोलको अवस्था सामान्य बन्दै गए एक सातामा डिस्चार्ज गरिने अस्पताल स्रोतले जनाएको छ।पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस