महानायक राजेश हमालले गरे काठमाडौंको मेयर हुने इच्छा !

महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा ब्यक्त गरेका छन् । सिघ्र प्रसारणको तयारीमा रहेको राजेश हमालसँग एकदिन कार्यक्रम उनले यस्तो इच्छा प्रकट गरेका हुन्।हमालको इच्छा यत्तिकै पलाएको भने होइन । काठमाडौंलाई ब्यवस्थित गर्न नसकेको प्रति नेताहरुलाई प्रश्न उठाउँदै उनले यही कारण आफु मेयर हुने इच्छा राखेका हुन् ।

हमालले शहरलाई व्युटिफाइ गर्न नेताहरुको सोच नपुगेर हो की ढंग नपुगेर भन्दै एकपटक काठमाडौं शहरको मेयर भइदिम की भन्दै आफ्नो इच्छा ब्यक्त गरेका हुन् ।राजेश हमालले पनि बुधबारबाट आफै नामको युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । उक्त च्यानलमा उनले राजेश हमालसँग एक दिन नामको कार्यक्रमको ट्रेलर हालेका छन् ।

सोही ट्रेलरमा उनको यस्तो भनेको देख्न सकिन्छ ।शुरुमै गाडीमा बसेर काठमाडौं सयर गरेका हमालले ड्राइभर सिटमा बसेका व्यक्तिसँग कुरा गर्दै शहरको अस्तब्यस्तता प्रति असन्तुष्टि जनाएका छन् । उनले भनेका छन् – ‘शहरलाई व्युटिफाई गर्ने भन्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाँहि भनिरहेका हुन्छन् ।

प्राक्टिकल्ली गर्ने सोच नपुगेर हो की ढंग नपुगेर हो की, एकचोटी यो काठमाडौं शहरको मेयर बन्न पर्छ कि क्या हो म ।’स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा हमालले घुमाउरो शैलीमा राखेको इच्छा पुरा होला त!

प्रतिक्रिया दिनुहोस