टिकटकमा भाइरल सबैकी प्यारी शिक्षिका हिरा सिंजाली मिडियामा (भिडियो सहित)

बाँके जिल्लाको मधुसुनुवारी गाउँपालिका स्थित जयदुर्गा आधारभुत विद्यालयमा कार्यरत एकजना एकदमै लगनशील,लोकप्रिय तथा भाइरल शिक्षिका हिरा सिंजाली जसको भिडियो सामाजिक संजालमा सर्वाधिक चर्चित बनेको थियो।उक्त भिडियोलाई करिब पैंतीस लाख बढीले हेर्नुभएको थियो र धेरैले सेयर पनि गर्नुभएको थियो।उहाँ यतिबेला विद्यार्थीकि मात्रै प्यारी नभएर सम्पूर्ण आमादिदी बहिनी, दाजु भाइहरूको मनपर्ने शिक्षिका समेत बन्नुभएको छ।

शिक्षण पेशा वास्तवमा आफैंमा एक पवित्र एवम् आदर्श पेशा हो जहाँ शिक्षणको माध्यमद्वारा एकजना शिक्षक हजारौं विद्यार्थीहरूको लागि एक आदर्श नमुना एवं रोल मोडल बन्न सक्छ।हीरा भन्छिन्,मलाई विद्यार्थीहरूले यति धेरै तयारी गरेर फूलमाला र अभीर सहित मेरो विदाइका खातिर यति भावुक क्षणमा होलान् भन्ने कल्पना समेत गरेको थिइन।तर आज आएर उनीहरूले देखाएको यतिधेरै माया र सद्भावले मनदेखी छोड्न मन नलागेको उनी बताउँछिन्।

अपवादमा पछिल्लो समय कतिपय समाचारहरू शिक्षक तथा शिक्षिकाहरूको कुटाइबाट विद्यार्थीहरू सख्त घा’इते भएको समाचारहरू बाहिर आइरहेका पनि हामीले सुनिरहेका छौँ। तर यस्तै भीडमा एकजना यस्तो शिक्षिका जसले विद्यालयमा यति धेरै मेहनत गरेर पढाउनुभयो जसको प्रतिफलस्वरुप आज उनका आफ्ना विद्यार्थीहरूले देखाएको अगाध मायाले नै संसार छर्लङ्ग बनाइदिएको छ।

आज उनै शिक्षिका हीरा सिंजाली अध्ययनका सिलसिलामा देश बाहिर जाने क्रमामा प्रोसेस गर्दै हुनुहुन्छ र उहाँकै घरमा पुगेर क्लासिक नेपाली च्यानेलका संचालक सुजल जिएमले उहाँ लगायत उहाँको बुबा आमासँग बसेर तयार पार्नुभएको छ।उनी भन्छिन्,”बालबालिकासँगको निस्वार्थ माया,व्यक्तिगत सामिप्यता,उनीहरूप्रतिको समर्पणले गर्दा नै आजसम्म उनीहरूलाई छोड्न मन नलागेको हो।”

“मलाई नानीहरूले विदाइ गर्दा अर्कोजना मिसले चाहिँ अर्कोपटी बसेर भिडियो खिचिरहनुभएको थियो।मलाई चाहिँ खिचिरहनुभएको होला भन्ने सोचिरहेको थिएँ।तर म आफैंले थाहा नपाइकन यती भाइरल भैसकेको रहेछु पनि थाहा थिएन।एकजना दिदीले मलाई पठाइदिनुभयो अर्कोदिन र पो थाहा पाएँ र आफैंदेखि छक्क पर्न गएँ

प्रतिक्रिया दिनुहोस