बालकोट पुगेर ओलीसँग भेटेपछि करिश्माले भनिन् – एमालेमा आउँछु, पार्टीमा काम गर्ने इच्छा छ

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेमा प्रवेश गर्ते तयारी गरेकी छिन्। त्यसको तयारीस्वरुप उनले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेकी छिन्।

मानन्धर अध्यक्ष ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीलाई लिएर बालकोट पुगेकी थिइन्। उनले ओलीसँगको भेटमा पार्टीमा प्रवेशलाई लिएर छलफल भएको बताएकी छिन्। आफू चाँडै पार्टी प्रवेश गर्ने तयारीमा रहे पनि निर्णय गरिनसकेको उनले बताएकी छन्।

बालकोट पुगेर उनले ओलीसँगको संवादमा आफूलाई एमालेमा काम गर्ने इच्छा रहेको बताएकी छन्। सँगै बालकोट पुगेका एमाले सांसद नवराज सिलवालले करिश्मा र अध्यक्ष ओलीबीच पार्टी प्रवेशबारे कुरा भएको बताए।

एमाले प्रवेश गर्ने मनस्थिति धेरै पहिलेदेखि बनाए पनि उचित समय कुरेर बसेको उनले बताएकी छिन्। यसअघि मानन्धरलाई गत असोजमा ओलीले फोन गरेका थिए। कक्षा १२ को परीक्षा दिइरहेका बेला उनलाई ओलीले फोन गरेका थिए।

ओलीले उनलाई भइरहेको कक्षा १२ को परीक्षाको लागि शुभकामना दिन फोन गरेका थिए। मोबाइल स्क्रिनमा ओलीको नाम देख्दा छक्क परेको उनले बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस