गैडाकोट पुर्याइएका पललाई भेट्न पुगिईन बहिनी र साथी गणेश गिरी, के भयो त कुराकानी ? (भिडियो सहित हेर्नुस्)

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

नाबालिक गायीकाले दिएको उजुरीका आधारमा पक्राउ परेका अभिनेता पल शाहलाई वयानका लागि गैडाकोटको सरकारी वकिल कार्यालयमा वयान दिएका छन् । उनलाई गैडाकोट स्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ । इलाका प्रहरी कार्यालयवाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो । गैडाकोट पुर्याइएका पललाई भेट्न उनका परिवारका सदस्यहरु पनि पुगेका छन् ।

पलको बहिनी र उनका साथी प्रहरी कार्यालय पुगेका थिए । उनले पललाई भेटेको र उनी आफु निर्दोश रहेको अहिले पनि बताएको जानकारी दिएका छन् । पलको स्वास्थ्य अवस्था पनि सामान्य रहेको पनि उनले बताए । पलले अभिनय गरेको चलचित्रमा म्यानेजरको भुमिका निभाएका गणेश गिरी र पलकी बहिनीले भेटेका हुन् ।

गैडाकोटमा दिएको वयानमा पनि पलले इन्कारी वयान दिएको बुझिएको छ । मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । उनलाई सरकारी वकिल कार्यालय लैजादै गरेको भिडियो सार्वजनिक भएको छ ।

मंगलबार शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँले गैंडाकोट प्रहरीमा पठाएको थियो । जिल्ला प्रहरीका सूचना अधिकृत दिलिप गिरीका अनुसार शाहलाई अब करिब एक हप्ता गैडाकोटमै राखेर अनुसन्धान अघि बढाइने छ । प्रहरीले दुवै स्थानको घटनामा एकै पटक अनुसन्धान सक्नेगरी काम थालेको हो ।

तनहुँ र गैडाकोटमा परेको उजुरी एकै ब्यक्ति उपर एकै प्रकारको अभियोग हो । दुवै जिल्लामा एउटै प्रकृतिको मुद्दा भएकाले यहाँको अदालतले म्याद थप्न नपर्ने प्रहरीको भनाइ छ । गैंडाकोट घटनाको अनुसन्धान सकिएपछि शाहलाई तनहुँ प्रहरीमै पठाइने भएको छ ।

प्रहरीका अनुसार ती नाबालिकले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई इच्छा विपरित कर णी गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् । पल शाह अभिनित फिल्म म यस्तो गीत गाउछु २ , ले राम्रो प्रदशन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस