सामन्था बनिन् साउथकी दोस्रो सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री

एजेन्सी,साउथकी चर्चित अभिनेत्री सामन्थाले शोबिज क्षेत्रमा १२ वर्ष पूरा गरेकी छिन् । सामन्थालाई साउथ इन्डस्ट्रीकी शीर्ष अभिनेत्रीमा गनिन्छ ।चलचित्र र वेब सिरिजमा धुम मच्चाएको सामन्थाको गीत ऊ अन्तावा विगतमा निकै हिट भएको थियो।सामन्था शीर्ष निर्माताहरूको इच्छा सूचीमा शीर्ष स्थानमा छिन्।

ब्याक टू ब्याक सफलता देखेर सामन्थाले आफ्नो पारिश्रमिक बढाएको खबर आएको छ ।नयनतारापछि सामन्था साउथकी दोस्रो सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् । मिडिया रिपोर्टका अनुसार सामन्थाले अहिले फिल्मको लागि ३ करोडदेखि ५ करोड पारिश्रमिक लिइरहेकी छन् ।

सामन्थाले आफ्नो सुपरहिट गीत ऊ अन्तावाका लागि ५ करोड पारिश्रमिक लिएकी थिइन् ।सामन्था आगामी फिल्ममा रानी शकुन्तलाको भूमिकामा देखिनेछिन् । पौराणिक कथामा आधारित चलचित्र ‘शकुन्तलम’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । सामन्थाको तमिल फिल्म काथुवाकुला रेन्दु काधलमा काम भइरहेको छ । उनीसँग धेरै परियोजनाहरू छन् जसमा काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस