राजेश हमालजी मेयर ताक्नु अघि राजनीति सिक्न माओवादीमा आउनुसः पञ्चा सिंह

काठमाडौं, माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले अभिनेता राजेश हमाललाई काठमाडौको मेयर ताक्नु अघि राजनीति सिकेर आउन आग्रह गरेकी छन।क्रान्तिकारी एक नम्बर प्रदेश समितिद्वारा बिहिबार सुनसरीको धरानमा आयोजित कार्यक्रलाई सम्बोधन गर्ने क्रममा नेतृ सिंहले नेपाली सिने क्षेत्रमा महानायकको उपाधि पाएका नायक हमाललाई राजनीति सिक्न माओवादीमा आउन सुझाव दिएकी हुन ।

‘राजेश हमाल मेरा मनपर्ने कलाकार हुन । नेपाली कला क्षेत्रमा उनको नाम प्रति म पनि सम्मान ब्यक्त गर्छु । तर तपाइले देखिराख्नुभएको छ । एउटा कमेडियनले आफ्नो लोकप्रियतालाई प्रयोग गरेर मुलुकको नेतृत्त्व गर्दा युक्रेनको कुटनितीले कसरि हावा खाइरहेको छ ।’

‘राजनितिक अनुभव नभएका एउटा कलाकारलाई अति विश्वास गरेर रातारात सत्तामा पुर्याउँदा युक्रेनि जनताले कसरि बरवादीको सामना गर्नु परिरहेको छ रुु उनको प्रन थियो । नेतृ सिंहको थप प्रश्न थियो ‘काठमाडौंको मेयर

लड्ने ? त्यो पनि प्रतिगमनकारी केपी वलिको पार्टीबाट टिकट लिएर ? यो त दुई-दुईपटक जननिर्वाचित संसदको ह’त्या गर्ने वलि राजनितीलाई ‘सपोर्ट’ गरेको ठहरिन्न र हमालजी ?’ परिवर्तनको पक्षधर राजनिती गर्न सुझाउँदै उनले भनिन ‘राजनिती गर्ने नै भए आउनुस अलिकति तयारि सहित अग्रगमन र परिवर्तनको पक्षमा रहेका शक्तिसँग मिलेर सहकार्य गरौं । नत्र फरक क्षेत्रबाट राजनितीमा आएका रबिन्द्र मिश्रको असफल राजनितीले पुष्टी गरिसकेको छ ।

पश्चगामी एजेण्डा बोकेर हामी नयाँ ठहरिन संभव छैन ।’ हालै नायक राजेश हमालले युट्युव मार्फत भिडियो ब्लग सार्बजनिक गर्दै काठमाडौको मेयर उठ्ने इच्छा ब्यक्त गरेसँगै राजनितिक बृतमा हमालको चर्चा चुलिएको छ ।

कार्यक्रम एक नम्वर प्रदेशभरिका नेता कार्यकर्ताहरुबीच संगठन, पार्टी र आगामी चुनाव सम्बद्ध विविध बिषय केन्द्रित प्रशिक्षणकार्यक्रमलाई बिध्यार्थी नेताहरु दिपेश पुन महेन्द्र भट्टराई लगायतले सम्बोधन गरेको अखिल (क्रान्तिकारी) नेता जिसस नेउपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस