पल शाहका म्‍यानेजर कृष्ण जोशी पक्राउ

काठमाडौं , नाबालिग कर णी आरोप लागेका पल शाहका म्यानेजर कृष्ण जोशी भनिने कृष्णप्रसाद जोशी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले जोशीलाई शाहका लागि मतियारको काम गरेको आरोपमा पक्राउ गरेको हो ।

शुक्रवार तनहुँबाटै पक्राउ परेका जोशीलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई सात दिनको म्याद दिएको छ ।
घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई ह’ ‘त्यासम्मको ध’म्की दिएको र करणीका लागि बालिगलाई फकाउने र प्रबन्धमा सं’लग्न देखिएको भन्दै जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत भएका शाहले भने आफुलाई फसाउन षडयन्त्र गरिएको र उक्त षडयन्त्रमा जोशी समेत सं’लग्न रहेको आरोप लगाएका थिए । लुकि बसेको अवस्थामै ६ वटा अडियो सार्वजनिक गर्दै शाहले जोशीलाई उक्त आरोप लगाएका थिए । तर, अनुसन्धानको क्रममा प्रहरीले जोशीलाई शाहकै लागि मतियारको काम गरेको प्रमाण भेटेकोले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

पलको उक्त आरोप लगत्तै केही युट्युब च्यानलमा अन्र्तवार्ता दिदै जोशीले नाबालिगसँग मिलेर आफूहरूले पल शाहलाई फसाउने षड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले शाहको ह’ ‘त्या समेत योजना बनाएको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस