पल शाहलाई जे नहुनु थियो त्यही भैदियो

काठमाडौं, नाबालिग गायिकालाई ज बर्ज स्ती क र णी अभियोगमा अभिनेता शाह गत १५ फागुनबाट प्रहरी हिरासतमा छन् । अभिनेता पल शाहका कारण अर्को चलचित्र ‘सत्यम’ छायांकन अनिश्चित बनेको छ । कोरोना महामारी बढेपछि चलचित्र छायांकन गत माघबाटै सुरु हुन सकेको छैन ।फागुन अन्तिमबाट छायांकन सुरु गरिने भनिएको चलचित्रका मुख्य अभिनेता शाह प्रहरी हिरासतमा छन् । तत्काल रिहा हुने अवस्था नरहेका कारण ‘सत्यम’ टोलीले निर्धारित समयमै छायांकन सुरु गर्न सकेको छैन ।

‘सत्यम’मा शाहको जोडीका रूपमा केही महिनाअघि मलिका महतलाई अनुबन्धित गरिएको थियो । शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्रमा शाहसँगै राजेश हमाल, अनुप विक्रम शाही, मलिका महत, मिलन सिजापति, अभय बराललगायत मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।

फिल्म युनिटले उनीहरूलाई गत कात्तिकमा पोखरामा अभिनय कार्यशालासमेत गरेको थियो । माघबाट छायांकन तयारीमा युनिट रहेको थियो । तर, कोरोना महामारी बढेपछि छायांकन स्थगित हुन पुग्यो ।राजधानि दैनिकमा खबर छ । शाहको ठाउँमा अन्य कलाकार राख्ने पक्षमा निर्माण टिम छ । यस’दयगत छलफल भइरहेको निर्देशक शंकर कार्कीले बताए । शाह यसअघि दुई चलचित्र ‘पर्खी बसें २’ र ‘२ नम्बरी’ फिल्मबाट निस्कासित भइसकेका छन् । ‘सत्यम’ टिमले पनि अब उनको ठाउँमा अर्को अभिनेतालाई लिने भएको छ ।

नवयुग सिनेमाको प्रस्तुतिमा बन्ने ‘सत्यम’ रेशम सापकोटाले लेखेका हुन् । निर्माता पनि उनी नै हुन् । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब व्यान्डको शीर्षगीत र व्याकराउन्ड म्युजिक रहने छ । यसलाई विदुर पान्डेले खिच्दै छन् । यो चलचित्र मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन गरिने बताइएको छ ।

नाबालिग गायिकालाई ज बर्ज स्ती क र णी अभियोगमा अभिनेता शाह गत १५ फागुनबाट प्रहरी हिरासतमा छन् । यसअघि, तनहुँमा राखिएको उनलाई अनुसन्धानका लागि मंगलबार गैंडाकोट सारिएको छ । पीडितले आफूलाई नवलपुर गैंडाकोटामा गत वर्ष ७ चैतमा ज ब र्ज स्ती क रणी गरेको भन्दै गत साता गैंडाकोट प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सोही कारण शाहलाई थप अनुसन्धानका लागि गैंडाकोटा प्रहरी कार्यालय लगिएको हो ।

प्रतिक्रिया दिनुहोस