हेलमेटमा लुकाई ल्याएको नेपाली रकमसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटमा शुुक्रबार सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण महंगुआ गुरहनवा ग्रामपञ्चात वडानम्बर-२ निवासी ४५ वर्षिय दिप नारायण प्रसाद रहेका छन् ।

उनी सवार मोटरसाइकलको विभिन्न भाग र हेलमेटमा समेत लुकाई ल्याउँदै गरेको १८ लाख ७३ हजार नेपाली रुपैयाँ सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।भारतबाट नेपाल आउदै गरेको बी आर ०५ वाई २९७९ नम्बरको सबार

मोटरसाईकल लाई रौतहटको बौध्दिमाई नगरपालिका–९ सरमुजवामा चेकजाँच गर्ने क्रममा साह लाई स्रोत नखुलेको रकम सहित ससस्त्र प्रहरीले पक्राउ गरेको हो । ससस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटरका ससस्त्र प्रहरी उपरिक्षक ध्रुब कार्कीले पक्राउ परेकाको बिषयमा अनुसन्धान भैरहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस