घरेलु हिंसा भोगेका बलिउडका यी दुखी अभिनेत्री, यस्तोसम्म झेल्न बाध्य भए

काठमाडौं – बलिउड अभिनेत्री तथा मोडल रिया पिल्लईमाथि घरेलु हिंसाकाे आरोपमा अदालतले टेनिस खेलाडी लिएण्डर पेसलाई दोषी ठहर्‍यायो । यो मामलामा उनलाई अभिनेत्रीलाई मुआब्जा दिन पनि आदेश दियो । रियाले सन् २०१४ मा लिएण्डरविरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन् ।

रियाजस्तैं यस्ता कैयौं टेलिभिजन अभिनेत्री छन्, जसले आफ्नो वैवाहिक जीवनमा घरेलु हिंसाको सामना गर्नुपर्‍यो । यहि कारण ती अभिनेत्रीहरूले वैवाहिक सम्बन्ध तोड्नु समेत परेको थियो । यो सूचीमा ‘कसौटी जिन्दगीकी’ की स्वेता तिवारीदेखि ‘तप्पू’का रुपमा घर-घरमा पहिचान बनाएकी रश्मी देसाईसम्मको नाम छ ।

टेलिभिजनकी लोकप्रिय अभिनेत्री श्वेता तिवारीले परिवारको चाहनाविपरित राजा चौधरीसँग प्रेम विवाह गरेकी थिइन् । तर, राजाले घरेलु हिंसा र मानसिक उत्पिडन गरेपछि अभिनेत्रीले उनीसँग सम्बन्धबिच्छेद गरिन् । त्यसपछि श्वेताले अभिनव कोहलीसँग विवाह गरिन् । तर, उनीसँग पनि वैवाहिक जीवन सफल हुन सकेन ।

घर-घरमा ‘तपस्या’को रुपमा पहिचान बनाएकी अभिनेत्री रश्मी देसाईले आफ्नो सह-कलाकार नंदिश संधुसँग विवाह गरेकी थिइन् । उनले एक अन्तर्वार्तामा आफूले वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन चाहे पनि नंदिशको व्यवहारले सबै बिग्रिएको खुलासा गरेकी थिइन् ।

अर्की अभिनेत्री तथा ‘नच बलिए ४’की प्रतियोगी दलजीत कौरले पति शालीन भनोटमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यसका अलावा उनले शालीनविरुद्ध दाइजोका लागि प्रताडित गरेको भन्दै उजुरी नै दिएकी थिइन् ।

टेलिभिजन अभिनेत्री निशा रावलले पति करण मेहरा र ‘ये रिश्ता क्या कहलाता है’का नैतिकमाथि कुटपिटको आरोप लगाएकी थिइन् । उनले यो विषयमा खुलेरै मिडियामाझ भनाइ राखेकी थिइन् । यो मामलामा करणलाई प्रहरीले पक्राउ गरेको थियो । तर अभिनेताले पनि निशाले आफूमाथि गलत व्यवहार गरेको दाबी गरेका थिए ।

अभिनेता सलमान खानको अनस्क्रिन बहिनीको भूमिका निभाई सकेकी दीपशिखा नागपालले सन् २०१२ मा अभिनेता केशव अरोडासँग विवाह गरेकी थिइन् । तर, केही वर्षमै उनीहरूको सम्बन्धमा खटपट सुरु भयो । अभिनेत्रीका अनुसार केशवले छोराका अगाडि उनीमाथि ‘अपशब्द’ बोल्दै हिंस्रक व्यहवार देखाएका थिए ।

डिम्पी गांगुली र ‘बिग बोस’ प्रतियोगी राहुल महाजनको विवाह एक रियालिटी शोमा भएको थियो, तर दुवैबीच चाँडै नै तनाव सुरु भयो । डिम्पीले वरेलीस्थित घरमा राहुलले आफूमाथि हिंस्रक व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनको टाउको चोट नै थियो भने त्यसको असर उनको अनुहारमा पनि देखिन्थ्यो । डिम्पीले झगडाको क्रममा आफूमाथि राहुलले बन्दुक नै तेर्साएकाे दावी गरेकी थिइन् ।

अभिनेत्री मन्दाना करिमीले प्रेमी गौरव गुप्तासँग विवाह गरेकी थिइन् । उनको प्रेम विवाह लामो समयसम्म टिक्न सकेन । मन्दानाले गौरवको घरका सदस्यले आफूलाई करियर छोड्न दबाब दिएको र सासुले हिंस्रक व्यवहार गरेको आरोप लगाएकी थिइन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस