‘म गलत छैन, मेरा शुभचिन्तकहरू हताेत्साहित नहुनुहाेला’ भन्दै हिरासतबाट पल शाहले दिए यस्तो सन्देश

तेजन खड्का

नाबालिग ब’ला’त्का’रको आरोपमा पक्राउ परेका अभिनेता पल शाहले न्यायलयको फैसलाको पर्खाइमा रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीकाे नियन्त्रणमा रहेका पलले न्यायलयले न्याय दिलाउने कुरामा ढुक्क रहेको बताएका हुन्।

नाबालिगको ब’ला’त्कार गरेको आरोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। इताजाकर्मी तेजन खड्काको टाेली पललाई भेट्न गैडाकाेट पुगेको थियो। हिरासतबाट बिएल नेपाली सेवासँग छोटो कुराकानी गर्दै पलले सत्य/तथ्य चाँडै नै बाहिर आउने बताए।

‘म मेरो शुभचिन्तकहरुलाई कति पनि हतोत्साहित नहुन अनुरोध गर्दछु,’ पलले भने,‘दु:ख त अवश्य लागेको होला तपाईंहरुलाई, मेरो नाममा उजुरी परेपछि प्रशासनलाई अनुसन्धानमा सघाउनु मेरो कर्तब्य हो।’

सत्य कहिले झुटो सावित नहुने भन्दै आफूप्रति जनताले देखाएको माया र स्नेहप्रति उनले आभार प्रकट गरे। उनले फिल्म ‘म यस्तो गित गाउँछु २’ दर्शकसँगै हेर्ने इच्चा रहेको बताए। उनले भने,‘नेपालको कानुनलाई सम्मान गर्छु। आशावादी छु सत्यको नै जीत हुन्छ। म चाँडै फिल्ममा फर्कने छु।’

प्रतिक्रिया दिनुहोस