चीनको एक्सन नेपालमा: चिनीया राष्ट्रपतिको जम्बो टिम नेपाल आउन लागेपछि झस्कियो अमेरिका

अमेरिकी सहयोग परियोजना एमसीसी पास भएको महिनादिन नबित्दै उत्तरी छिमेकी चीन एक्सनमा उत्रिएको छ । एमसीसी पास भएपछि रिसाएको भनेको उत्तरी छिमेकी चीनले उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं पठाउने भएको हो.

संसदबाट अमेरिकी एमसीसी सम्झौता अनुमोदन भएपछि चिन्तित बनेको बेइजिङले विदेशमन्त्री वाङ यीको नेतृत्वमा उच्चस्तरीय टोली पठाउन लागेको हो.चैत दोस्रो साता दुईदिने भ्रमणका क्रममा ६ सदस्यीय चिनियाँ उच्च टोली काठमाडौं उत्रिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ टोलीले एमसीसीलाई कार्यान्वयन हुन अवरोध हुनेगरी नयाँ प्रस्ताव बीआरआई कार्यान्वयन ल्याउन लागेको हो ।नेपालले हालैमात्र अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० सम्झौता प्रतिनिधि सभाको बैठकबाट पारित गरेसँगै त्यसको विरोधमा रहेको बेइजिङले विदेश मन्त्रीलाई नेपाल पठाउन लागेको हो । चीनले एमसीसी पारित गर्न नहुने भन्दै लबिङ गर्दै आएको थियो ।

एमसीसी पारित नै भएपछि अब भने चीनले नेपालले यसअघि सहमति जनाएको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) लाई अगाडि बढाउनका लागि नेपाल आउन लागेको बुझिएको छ ।

चीनले चर्को मूल्यमा ऋण दिएको आरोप लागिरहेका बेलामा बीआरआईमार्फत नेपाललाई जोड्नका लागि चिनियाँ विदेश मन्त्रीको टोली नेपाल आउन लागेको बताइन्छ .यसैगरी स्रोतका अनुसार चिनियाँ पक्षको दबाबका बीच नेपाल सरकारले टेबल गरेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित भएसँगै

नेपाल(चीन सम्बन्ध कस्तो रहन्छ भन्‍ने चासो बढिरहेको समयमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्न लागेका हुन् .चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको पृष्ठभूमिमा एमसीसीको अनुमोदन, बीआरआईको कार्यान्वयन अघि बढ्न नसकेको, नेपाल–चीन सीमा विवाद, नेपाल(चीन सीमा नाका प्रभावकारीफरुपमा सञ्‍चालन हुन नसकेको र चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरु फर्किन नपाएको लगायतका विषयहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस