सांसदले भत्ता खाने बाहेक केही काम गर्न सकेका छैनन्, अर्को निर्वाचन जरुरी छ : ओली

फागुण काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संसदले केही काम गर्न नसकेको टिप्पणी गरेका छन् । सांसदहरुले भत्ता खाने बाहेक के काम गरेका छन् ? भन्दै ओलीले प्रश्न गरे । अघिल्लो जनादेशको खण्डन भईसकेकाले अब अर्को निर्वाचन जरुरी रहेको उनको तर्क छ ।

नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने “भत्ता खाने काम गरेको छ । मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के काम गर्छ विचरा । सर्वोच्च अदालतले टिको लगाइदिएकाले सरकार बनाएका के काम गर्छन् विचरा” ।

ओलीकै निर्देशनमा एमालेले गत भदौ २३ गतेदेखि निरन्तर संसद अवरोध गर्दा संसदले नियमित काम गर्न सकेको छैन । संसदमा नाराबाजी गर्ने एमालेका सांसद र अन्य सबै दलका सांसदले नियमित तलब र बैठक भत्ता भने बुझिरहेको सचिवालयमा रेकर्ड देखिन्छ ।

त्यस अघि पनि उनी प्रधानमन्त्री हुँदा ७७ साल पुष ५ गते र जेठमा गरी दुई पटक संसद भंग गरेका थिए ।दुबै पटक सर्वोच्च अदालतले संसद पुनस्थापना गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस