गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएकाे छ, गीतका सर्जकलाई किन धम्क्याउने ?:बाबुराम भट्टराई

काठमाडौं , (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन् ।माओवादी जनयुद्धका पीडित कार्यकर्ताका पीडाको विषयवस्तु समावेश गरेर सृजना गरिएको प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियो विवादित बनेपछि अध्यक्ष भट्टराईले पनि गीतप्रति टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गीतले जनयुद्धको बिरोध नगरेको बरु अपूर्ण क्रान्तिको पीडा दर्शाएको उल्लेख गरेका छन् ।
‘गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ,’ भट्टराईले लेखेका छन् । उनले माओवादी नेताहरुलाई गीतको भावबाट क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो की भनेर सोच्नुपर्ने बेला भएको टिप्पणी गरेका छन् ।

भट्टराईले गीतका सर्जकलाई सपूतलाई किन धम्क्याउने ? भन्दै प्रश्न गरेका छन् ।उक्त गीतको बिरोध गर्दै माओवादी नेताहरुले युट्युवबाट हटाउन भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस