पल शाह प्रकरणबाट धेरै कुरा सिक्नुपर्छ भन्दै पल शाह प्रकरण बारे बोलिन नायिका सुरक्षा पन्त …

जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह तनहुँ प्रहरीको हिरासतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ ।

पीडित गायिकाले गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी दिएपछि अभिनेता शाह हाल तनुहँको प्रहरी हिरासतमा रहेका छन् । गायिकाको जाहेरीको दिएको पाँच दिनपछि शाह आफै तनहुँ प्रहरी पुगेका थिए । सुरुमा अनुशन्धानको लागि सात दिनको समय तोकेपनि अहिले फेरि थप १२ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।

१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् ।

प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् । उनीहरुले यस बिषयमा गम्भीर हुन नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस