विवाहको ३० वर्षपछि ‘डि-भोर्स’भएको पुटिनको व्यक्तिगत जीवनको रहस्य यस्तो छ !

काठमाडौं,रुसका राष्ट्रपति भ्लादिमीर पुटिन प्रायः कुनै–कुनै कारणले चर्चामा आइरहन्छन् । कहिले विलासी जीवनशैलीका कारण त कहिले अनौठो सोखका कारण चर्चामा आउँछन् अनि कहिले भने उनी आफ्नो महलको कारण बाहिर आउँछन् । पुटिनको राजनीतिक जीवनको बारेमा त धेरैलाई थाहा नै छ तर उनको व्यक्तिगत जीवन भने रहस्यले भरिएको छ । उनी पारिवारिक कुराहरु भने गोप्य राख्ने गर्छन् ।

केही समयअगाडि रुसी राष्ट्रपति पुटिनले कोरोना भाइरसको समयमा आफ्नी छोरीलाई पनि खोप लगाएका थिए । यसबाहेक कुनै पनि समयमा पुटिनले छोरीको विषयमा उल्लेख गर्दैनन् । उनका जम्मा २ जना छोरी भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । उनको परिवार सार्वजनिक हुनबाट जोगिन्छन् ।

पुटिनकी पहिलो श्रीमतीसँग स’म्बन्ध वि’च्छेद भइसकेको छ । उनले यो विषयको जानकारी भने आफैले टेलिभिजनलाई दिएका थिए । उनकी पूर्वपत्नीको नाम ल्यूडमिला हो । दि विकका अनुसार ल्यूडमिला विवाहअगाडि प्लाइट अटेन्डेन्टको काम गर्ने गर्थिन् । त्यो समयमा यो जागिरलाई राम्रो जागिरको रुपमा लिइन्थ्यो । सन् १९८० को दशकमा पुटिनसँग उनको भेट थियटरमा भएको थियो । उनीहरु त्यहाँबाट नै साथी बने ।

एक अन्तर्राष्ट्रिय पत्रिकाका अनुसार सन् १९८३ को जुलाई २८ मा उनीहरु दुईको तस्बिर बाहिरिएको थियो । पुटिनले विवाहको लगभग ३० वर्षपछि अर्थात सन् २०१३ मा श्रीमतीसँग डिभोर्स गरेको घोषणा गरे । तर, उनीहरुको विवाह कहिले भएको थियो रहस्यमा नै छ ।

बिजनेसइनसाइडरका अनुसार पुटिनका दुई छोरीहरु छन् । एउटाको नाम मारिया भोरोन्सोवा र अर्कोको नाम कतेरिना तिखोनोवा हो । रिपोर्टका अनुसार मारिया सन् १९८५ मा जन्मिएकी हुन् भने तिखोनोवा सन् १९८६ मा जन्मिएकी हुन् । सन् १९९६ मा पुटिनको परिवार मस्को गएको थियो । त्यहाँ नै दुवै छोरीहरुलाई जर्मन भाषाको स्कुलमा भर्ना गरियो । तर, पुटिन राष्ट्रपति बनेपछि उनीहरुको नाम परिवर्तन गरिएको थियो । उनीहरुको नाम परिवर्तन गरेर फेक आइडी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस