प्रकाश सपुतलाई खुलेआमा राजनीतिक प्रतिस्पर्धामा आउन रञ्जीत तामाङकाे आग्रह

काठमाडौं, गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ ।माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन् ।

माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन् ।माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जीत तामाङले सुपतलाई खुलेआमा राजनीतिमा आउन चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैको उक्साहटमा माओवादीविरुद्ध प्रयोग हुनुभन्दा खुलेआमा राजनीतिक प्रतिस्पर्धामा आउन आग्रह छ ।’

उनी उक्त गीत ‘पिर’ शीर्षमा कथाकारको अर्धचेत, अल्पज्ञानको उपज भएको बताएका छन् ।माओवादीको कमीकमजोरी स्वीकार गर्दै भनेका छन– ‘परिवर्तनका लागि मृत्युसँग मुकाबिला गरेका हाम्रा कमरेडहरु त्यति निच जिवन बिताइरहेका छैनन्, बरु एक छाक खाएका छन्, एकधरो कपडा लाएका छन् तर स्वाभिमान, नैतिकता र आत्मसम्मान गुमाएर जिउँदै मरेका छैनन।’

उक्त गीत माओवादी जनयुद्ध र महिला जनमुक्ति सेनाहरुलाई अपमानित गरेर बनाइएको भन्दै गीत हटाउन पर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस